१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको आग्रह : पार्टीबाट अगल हुने कुरा नगर्नुस्

१९ फाल्गुन २०७८, बिहीबार ०९:१९

फागुन १९, काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसिसी) व्याख्यात्मक घोषणासहित अनुमोदनका पक्षमा उभिएपछि नेकपा (माओवादी केन्द्र) भित्रको विवाद उत्कर्षमा पुगेको छ।पार्टीका शीर्ष नेताहरुले असन्तुष्टि राख्दै गर्दा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतले पेलेर निर्णय गरेपछि विवादले उग्र रुप लिएको हो।

तर, एमसिसीबारे निर्णय गर्न बोलाइएको पूर्वस्थायी कमिटीको बैठकमै नेता नारायणकाजी श्रेष्ठसहित पूर्व एकताकेन्द्र लाइनका नेताहरुले असहमति राखेका थिए। उनले परिमार्जनसहित एमसिसी पारित गर्नुपर्ने बताउँदै आएका थिए। संसद्ले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गरेपछि श्रेष्ठले सार्वजनिक रूपमा नै आफ्नो विमति राख्दै आएका छन्।

श्रेष्ठ पक्षका नेताहरू पनि एमसिसीको विषयमा असन्तुष्ट छन्। केही नेताहरूले पार्टीमा बसिराख्न नसकिने धारणासमेत राख्दै आएका छन्।

स्रोतका अनुसार आज बिहानको छलफलमा प्रचण्डले विमतिहरू पार्टीको केन्द्रीय समितिमा छलफल गर्न सकिने बताएका थिए। शुक्रबार माओवादीको केन्द्रीय समिति बैठक बस्दै छ। ‘विमतिहरू केन्द्रीय समितिमा छलफल गरौँ। पार्टीबाट अलग हुने कुरा जायज होइन। नमिलेका विषयमा छलफल गरेर समाधान निकालौ,’ श्रेष्ठलाई प्रचण्डले गरेको आग्रह उदृत गर्दै स्रोतले भन्यो। 

एमसिसी अनुमोदन भएपछि आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले श्रेष्ठप्रति इंगित गर्दै पार्टीबाट अलग हुन सक्ने बताएका थिए। यसअघि प्रचण्ड श्रेष्ठनिवास हात्तीवन पुगेर एमसिसीको विषयमा विमति भए पनि पार्टीबाट अगल नहुन आग्रह गरेका थिए।

श्रेष्ठले बुधबार नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग समेत भेट गरेका थिए । आज खुमलटारमा दुई नेता छलफलपछि सरकार सञ्चालनसम्बन्धी राजनीतिक संयन्त्रको बैठकमा सहमागी हुन भने सँगै पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु