२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीको नाममा लुटपाट गर्ने समूह पक्राउ

२०७८, २० फाल्गुन शुक्रबार १२:०६

फागुन २०, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा सङ्लग्न रहेको अभियोगमा आठ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

उक्त समूहले फार्मेसी सञ्चालकलाई ‘हामी प्रहरी हौँ, तपाईँको पसलमा अवैध औषधि बिक्री भएको सूचना आएकाले खानतलासी गर्न आएका हौँ’ भनी फागुन १२ गते साँझ पसलमा लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उक्त घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले जुम्ला घर भइ काठमाडौँ बस्ने २६ वर्षीय देवीप्रसाद धिताल, काठमाडौँ स्वयम्भू बस्ने धादिङ धुनीवेशीका ३० वर्षीय शङ्कर रेग्मी, काठमाडौँ सानोभर्याङ बस्ने डडेलधुराका हिक्मत महता, काठमाडौँ चक्रपथ बस्ने कञ्चनपुरका २७ वर्षीय सुवाष रतोकी, काठमाडौँ मित्रनगर बस्ने कञ्चनपुरका मिलन बोहरा, लिम्बु भन्ने भविन्द्र बेगा, दैलेख नौमुलका जीवन भन्ने योगेन्द्रबहादुर चन्द र काठमाडौँ सामाखुसी बस्ने प्युठान गौमुखीका संगीत थापा भन्ने कमल सुनारलाई पक्राउ गरेको छ । 

उनीहरू काउन्टरमा भएको रु ६५ हजार नगदसहित मोबाइल, घडी, लुटपाट गरी फरार भएका थिए । खोजतलासका क्रममा प्रहरीले उनीहरूबाट ११ थान मोबाइल, एक थान घडी, एटिएम कार्ड र बैंक चेक बरामद गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो