Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्युका कारण लमजुङको सुन्दरबजारमा अनिश्चितकालीन निषेधाज्ञा

By साझासवाल 4 मिनेट पढाइ

फागुन २५, लमजुङ । सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यू) जारी गरिएको छ । सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृत्यु भएपश्चात उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको हो ।

सो क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताउनुभयो । उहाँका अनुसार सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मस्र्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिकाको वडा नं ९ को मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चार किल्ला क्षेत्रमा कफ्र्यू जारी जारी गरिएको छ ।

सोही विद्यालयका शिक्षक सरोज ओलिया र कक्षा १० मै अध्ययनरत सविन गुरुङसँगै पौडी खेल्न गएका थिए । श्रेष्ठ सो विद्यालयको छात्रबासमा बस्दै आएका थिए । उनको पौडी खेल्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विद्यालयले लापरवाही गरेको भन्दै सो क्षेत्र मङ्गलबार तनावग्रस्त बनाएपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यू जारी गरेको हो ।

त्यसैगरी मङ्गलबार साँझ सडकको नाली निर्माण गर्ने क्रममा सुन्दरबजार–९ मा माटोले पुरिएर जिल्ला मकवानपुरको मनहरि गाउँपालिका–२ का ४० वर्षीय सुरेश स्यान्त्याङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही क्रममा काम गर्दै गरेका अर्का ३१ वर्षीय सूर्जे स्यान्त्याङ घाइते भएको प्रहरीले जनाएको छ । दुवै जना सोही स्थानमा नाली निर्माणका लागि काम गर्दै गर्दा अचानक माटो खसेर पुरिएको र प्रहरीले उद्धार गरे पनि सुरेशको भने मृत्यु भएको जनाइएको छ ।