२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन आर्थिक संकटमा फस्यो श्रीलंका?

२०७८, ७ चैत्र सोमबार ०५:३७

चैत ७,  कोलम्बो।  टापु राष्ट्र श्रीलंका अहिले इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ । समस्या यति जटिल छ कि श्रीलंका विद्यालयको परीक्षा गर्न प्रश्न छाप्ने र उत्तर पुस्तिकाका लागि कागज किन्न नसक्ने अवस्थामा पुगेको छ।इतिहासकै ठूलो वित्तीय समस्याको सामना गरिरहेको श्रीलंकाले प्रश्नपत्र छाप्ने कागज आयात गर्न नसक्दा विद्यार्थीहरूको परीक्षासमेत गर्न नसकेको समाचार सार्वजनिक भएका छन्। जसका कारण लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ। 

अर्थतन्त्र सुधारको माग गर्दै श्रीलंकाको राजधानी कोलम्बोमा गरिएको सरकारविरोधी प्रदर्शन । 

शिक्षा निकायहरूले कागज किन्न नसकिएका कारण सोमबारदेखि सुरु हुने परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएका छन्। ‘आवश्यक कागज तथा मसी किन्नका लागि विदेशी मुद्रा नहुँदा विद्यालयले परीक्षा लिन असमर्थ भएका छन्,’ पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ। योसँगै ४५ लाख विद्यार्थीको भविष्यमाथि अन्योल सिर्जना भएको छ।

त्यस्तै, विदेशी मुद्राको अभावका कारण खाद्यान्न, इन्धन र औषधिको चरम अभाव भएको छ। जसका कारण २ करोड २० लाख जनताको जीवनस्तर दिनानुदिन निकै कष्टकर बन्दै गएको छ। दैनिक उपभोग्य सामान किन्न मानिसहरू घण्टौं लाममा लाग्न बाध्य भएका छन्।

पछिल्लो ४ सातायता इन्धन किन्नका लागि मानिसहरू घण्टौं पर्खन बाध्य छन्। आइतबार इन्धनका लागि पालो पर्खिरहेका दुई जनाको अचानक ढलेर मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ‘मृतकमध्ये एक जना मधुमेह र मुटुका रोगी थिए भने अर्का ४ घण्टाभन्दा लामो समय लाममा बस्न बाध्य भएका थिए,’ प्रहरी प्रवक्ता नलिन थाल्दुवाले भने। कतिपय सामग्रीको अभाव भएपछि सरकारले कोटा निर्धारण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

किन गहिरियो संकट?

विदेशी मुद्राका लागि श्रीलंकाको मुख्य स्रोत पर्यटन सन् २०१९ मा भएको आतंकवादी आक्रमणका कारण केही सुस्तायो । त्यसका साथै सोही वर्षको अन्त्यबाट विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को संक्रमण रोक्न लगाइएको प्रतिबन्धले पर्यटन क्षेत्र थला पर्‍यो । देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने पर्यटन क्षेत्र ठप्पप्राय: भएपछि २ लाख ५० हजार जनाले रोजगारी गुमाइसकेको बताइएको छ ।

श्रीलंकाको अर्थतन्त्रका लागि सबैभन्दा ठूलो समस्या विदेशी ऋणको भार हो । चीनलगायत देशबाट ऋण लिएर विभिन्न परियोजना निर्माण गरेको श्रीलंकाको अर्थतन्त्र आतंकवादी हमला र कोभिड–१९ को महामारीसँगै संकटमा पर्‍यो।

यसअघि राष्ट्रपति गोटावया राजापाक्षले गत जनवरीमा चीनलाई तिर्नुपर्ने एक करोड डलर ऋणको समयसीमा बढाइदिन आग्रह गरेका थिए। तर त्यसबारे चिनियाँ पक्षले भने कुनै जवाफ दिइसकेको छैन । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब घटाउन केही महिनाअघि सरकारले गाडी र मलको आयातमा रोक लगाएको थियो । जसका कारण चियालगायत अन्य उत्पादनमा नकारात्मक प्रभाव पर्‍यो ।

पछिल्लो समय रुसले युक्रेनमाथि गरेको आक्रमणले पनि श्रीलंकाको अर्थतन्त्रमाथि थप समस्या ल्यायो । रुसी आक्रमणसँगै अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ। ऊर्जाका लागि जलविद्युत्सँगै कोइला र डिजेल प्लान्टमा निर्भर श्रीलंकामा यसवर्ष वर्षा कम भयो। जसका कारण विद्युत्को उत्पादन घटेपछि कोइला र डिजेलको आयात बढ्यो । तर पछिल्ला दिनमा डिजेल तथा कोइला किन्न नसकेर प्लान्ट बन्द भएपछि लोडसेडिङका कारण उद्योग व्यवसायसमेत प्रभावित भएका छन्।

पर्यटन तथा उत्पादनमूलक क्षेत्र धराशायी भएपछि कतिपय परियोजना बनाउन लिएको ऋणको वार्षिक किस्ता तिर्न मुस्किल भयो। श्रीलंकामाथि चीनको मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण छ। आर्थिक संकट गहिरिन थालेपछि गतवर्ष श्रीलंकाले चीनसँग थप एक अर्ब डलर ऋण लिएको थियो।

यस वर्षभित्र श्रीलंकाले ६ अर्ब ९ करोड डलर घरेलु तथा विदेशी ऋण भुक्तान गर्नुपर्नेछ। एकतिहाइभन्दा बढी ऋण निजी कम्पनीहरूको छ । चीन र जापानको भने करिब २२ प्रतिशत ऋण रहेको जनाइएको छ । तर श्रीलंकासँग हाल २ अर्ब ३ करोड डलरमात्र सञ्चित छ।

अर्थतन्त्र ओरालो लाग्दै गए पनि श्रीलंकाले आफ्नो मुद्रालाई अमेरिकी डलरको तुलनामा १५ प्रतिशत अवमूल्यन गर्‍यो। मुद्रा अवमूल्यन भएपछि आयातित वस्तुको भाउ निकै महँगिएको छ । राजधानी कोलम्बोलगायत मुख्य सहरमा राजनीतिक दल र नागरिक समूहहरूले सरकारविरोधी प्रदर्शनहरू चर्काएका छन्। देशमा आर्थिक संकटकालका लागि जिम्मेवार भन्दै उनीहरूले राजापाक्षको राजीनामा माग गरेका छन्।

कुनै उपाय नलागेपछि राजापाक्ष सरकारले दुई दिनअघि अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) सँग सहयोगका लागि आग्रह गरेको छ। अब आईएमएफले आवश्यक प्रक्रिया पूरा गरेर श्रीलंकाली अर्थतन्त्र सुधार्न सहयोग गर्ने भए पनि त्यो निकै ढिला भइसकेकाले लामो समयसम्म जनताको जनजीवन निकै कठिन बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु