तीन दशकदेखि विश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तीन दशकदेखि विश"/>
2026-10-26 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला अधिकार रक्षा तथा महिला हिंसा अन्त्य गर्ने नेपालको प्रतिबद्धताको अमेरिकी अभियन्ताद्वारा प्रशंसा

चैत ८, काठमाडौँ । महिला तथा बालिकाहरूको अधिकारको रक्षा तथा उनीहरूविरुद्धका हिंसा अन्त्य गर्न नेपाल सरकारले व्यक्त गरेको प्रतिबद्धता तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने तत्परताको एक अमेरिकी अभियन्ताले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । 

तीन दशकदेखि विश्वका विभिन्न भागमा महिला जागृति, उनीहरूको सशक्तीकरणका लागि अनवरत लडिरहेकी अमेरिकी गैरसरकारी संस्था ‘एभ्री वुमन’की प्रमुख कार्यकारी अधिकृत एवं सह–संस्थापक लिसा शाननले महिलालाई नेपाल र नेपालीले दिएको उच्च सम्मान र उनीहरूको सुरक्षाका निम्ति दर्र्शाएको सद्भाव र प्रतिबद्धता विश्वमै अनुकरणीय भएको बताउनुभएको हो । 

                                                      

महिला र बालिकाविरुद्ध हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय सन्धिको लागि विश्वव्यापी अभियानमा लाग्नुभएका लिजाले ‘विश्वमा दक्षिण एसियाको प्रतिध्वनिः महिला र बालिकाविरुद्ध हुने हिंसालाई सम्बोधन गर्न विश्वव्यापी मान्यता’ विषयको  दक्षिण एसियाली क्षेत्रीय सम्मेलनको लागि काठमाडौँ आएका बेला  रासससँगको कुराकानीमा दक्षिण एसियाका अन्य देशको तुलनामा नेपालमा महिला अधिकार रक्षाका निम्ति भएका प्रयास सराहनीय रहेको बताउनुभयो । यद्यपि उहाँले सन्तुष्ट भएर बस्ने अवस्था भने नरहेको बताउनुभयो । 

महिला हिंसा घटाउन भइरहेका प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले हिंसा सम्बोधन गर्न कानुनीरूपमा नै बाध्यकारी प्रावधान हुनुपर्छ भन्नुभयो । एभ्रि वुमन ट्रिटीमा मानवअधिकार, महिला र किशोरविरुद्ध हुने हिंसाका विरूद्ध स्पट र कडा नीति तथा तिनको इमान्दारीपूर्वक कार्यान्वयन अपरिहार्य भएको अभिमत उहाँले व्यक्त गर्नुभयो । 

आर्थिकरूपमा महिलालाई आत्मनिर्भर बनाउने तथा स्वास्थ्य, सुरक्षा, न्यायलगायत सबै पेसा व्यवसायलाई जिम्मेवार बनाउनुपर्ने, हिंसा हुन नदिने शिक्षाको विकास गर्नुपर्ने, नियमन निकायलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “विद्यालयस्तरदेखि नै हिंसाविरूद्धको शिक्षा लागू गर्नुपर्छ, महिलाहरूको सशक्तीकरणका लागि पर्याप्त स्रोत र साधनको व्यवस्था गर्न सरकारहरूले कञ्जुस्याईँ गर्नुहुँदैन”, विश्वका विभिन्न देशले प्रतिरक्षाका लागि छुट्याएको एक प्रतिशत रकमले पनि महिलाका लागि धेरै काम गर्न सकिने तर्क गर्दै उहाँले भन्नुभयो । 

महिलामाथि हुने विभेदलाई निमिट्यान्न पार्न विश्वका हरेक पुरुषले आवाज उठाउनुपर्ने बताउँदै उहाँले तेस्रोलिङ्गीलगायत सीमान्तकृत वर्गका समस्यालाई पनि बेवास्ता गर्न नहुने उल्लेख गर्नुभयो । नेपालका नीति निर्माता, कानुन कार्यान्वयन गर्ने निकाय, न्यायालयलगायत राज्यका हरेक तहका व्यक्ति महिला हिंसा रोक्न संवेदनशील रहेकामा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । 

भारत, रूस, सोमालिया, इराक, ग्वाटेमाला, केन्या र कङ्गोमा लैङ्गिक विभेदविरुद्ध अनुसन्धान गर्नुभएकी उहाँले कङ्गोली र सोमालियाका महिलाका लागि पहिलो यौन हिंसा सङ्कट केन्द्रको सहसंस्थापकका रूपमा काम गर्नाका साथै महिला आन्दोलन र उनीहरुको हकहितका लागि अन्तर्राष्ट्रिय रुपमा अभियान सञ्चालन गर्दै आउनुभएको छ । लिसा हार्वर्ड केनेडी स्कुलमा सेन्टर फर पब्लिक लिडरसिप ९२०१२–१३० र मानव अधिकारका लागि कार सेन्टरको ९२०१३–१४० ग्लेटिट्सम्यान फेलो हुनुहुन्थ्यो ।

एभ्रि वुमनअन्तर्गत विश्वव्यापी कार्य समूह निर्माण गर्नुभएकी उहाँ महिला अधिकारकर्मीहरुको सम्पर्कमा हुनुहुन्छ । महिला सशक्तीकरण र गरिबी उन्मूलनदेखि कानुनी स्थिति र विधवा, आदिवासी जनजाति र अन्यको अधिकारका विभिन्न क्षेत्रमा कार्यरत उहाँ महिला हकअधिकारको रक्षा तथा उनीहरूविरुद्धका सबै भेदभाव र हिंसा अन्त्य गर्नेसम्बन्धी ‘एभ्रि वुमन ट्रिटी’का निम्ति विश्वका विभिन्न देशका सरकार प्रमुखहरूसँग विश्वको हरेक क्षेत्रको प्रतिनिधित्व गर्ने १२७ विज्ञका साथ बहस, पैरवी गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने