2026-09-08 09:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

चंखेलीदेखि देउलीसम्मको तीस किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण

चैत्र २०, सिमकोट,  मुगु | हुम्ला लिंकरोडअन्तर्गत चंखेलीदेखि देउलीसम्मको ३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यहाँको सडक प्रदेश सरकारलाई हस्तारन्तरण गरिएको हो ।

ग्रामीण पहुँच कार्यक्रम (र्‍याप थ्री)ले बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न गरेको ३० किलो मिटर सडक हस्तारन्तरण गरिएको चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाईंले जानकारी दिए । ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको मध्ये ३० किलोमिटर सडक आइतबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

हुम्लाको चंखेली गाउँपालिकादेखि मुगु सिमानाको देउली हुम्ला सडक खण्ड हस्तान्तरण गरिएको हो । मुगु सदरमुकामको गमगढीदेखि हुम्लाको चंखेली गाउँपालिका हुँदै देउली दार्मासम्म उत्कृष्ट तवरले सडक निर्माण गरी आइतबार हस्तारन्तरण गरिएको हो ।

चंखेली गाउँपालिका वडा १, २, र ३ का नागरिकका साथै अन्य हुम्लीबासीले अबका दिनमा सहजैरुपमा गाडीमार्फत जिल्ला बाहिर आवतजावत गर्न पाउने भएका छन् । हुम्लाको दक्षिण भेगका नागरिकलाई आवतजावतमा सहजका साथै बिरामीलाई समेत उपचारका लागि जिल्ला बाहिर लिन सहज हुनेभएको छ ।

कार्यक्रमले यसअघि निर्माण गरेको २६ किलोमिटर सडक सन् २०२० मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । सडकको नियमित मर्मतसम्भार गर्ने गरी प्रदेश सरकारलाई बुझाइएको कार्यक्रमका परियोजना व्यवस्थापक विष्णुराम विष्टले बताए । उनका अनुसार चंखेलीदेखि हुम्लाको दार्मा देउलीसम्मको ३० किमी सडक पूरा गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । सन् २०१८ देखि निर्माण सुरु गरिएको सडक निर्माणको काम सम्पन्न भएको छ | 

सडक निर्माणको काम भएपछि हुम्ला र मुगुका झण्डै दुई दर्जन बस्तीहरू सडक सञ्जालमा जोडिएको चंखेली गाउँपालिका उपाध्यक्ष चौलागाईंले बताए । स्थानीयलाई रोजगारी दिएर सडक निर्माण गर्दा विपन्न नागरिकले रोजगारीको अवसरसमेत पाएको ग्रामीण पहुँच कार्यक्रमले जानकारी दिएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित