२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुष्पराम केसी बने सशस्त्र प्रहरीको १९ दिने आईजीपी

२०७८, ३० चैत्र बुधबार ०७:४०

चैत्र ३०, काठमाडौं | सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रहेका केसीलाई सरकारले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले दुईजना एआईजी मध्येबाट केसीलाई आईजीपीमा बढुवा गर्न निर्णय गरेको हो । 

दुई जना एआईजीपीमध्ये केसी अगाडि थिए । सशस्त्र प्रहरीमा केसीसँगै रामशरण पौडेल एआईजी थिए । केसीले अब १९ दिन सशस्त्र प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन् । केसी आगामी १८ वैशाखसम्म आईजीपी बन्नेछन् । ३० वर्षे सेवा अवधिका कारण उनले अवकाश पाउनेछन् । केसीसँगै पौडेलले पनि अवकास पाउनेछन् । 

सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनालले चार वर्षे पदावधिका कारण सोमबार अवकाश पाएका थिए । सरकारले समयमै आईपीजी नियुक्त गर्न नसक्दा आजसम्म सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको थियो ।

केसीले अवकाश पाएपछि हालका डीआईजीहरूबाट सरकारले नयाँ आईजीपी नियुक्त गर्नेछ । जसका लागि अहिलेका डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ । उनीहरूमध्ये दुई जनालाई सरकारले चाँडै एआईजी नियुक्त गर्नेछ । त्यही दुई जना एआईजीमध्येबाट एक जना आईजीपी नियुक्त हुनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति