भदौ १६, बागलुङ । गत साउन १० र ११ गते आएको बाढीका कारण घरबास गुमाएका परिवारले सरकारसँग पुनर्वासको माग गरेका छन् । 

प्रभावितले तत्कालीन राहतभन्दा दीर्घकालीन पुनर्वासको चिन्ताले पिरोलेको बताएका छन् । जीवनभरको मेहनतले आर्जेको घर, गोठ "/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  भदौ १६, बागलुङ । गत साउन १० र ११ गते आएको बाढीका कारण घरबास गुमाएका परिवारले सरकारसँग पुनर्वासको माग गरेका छन् । 

प्रभावितले तत्कालीन राहतभन्दा दीर्घकालीन पुनर्वासको चिन्ताले पिरोलेको बताएका छन् । जीवनभरको मेहनतले आर्जेको घर, गोठ "/>

२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पुनर्वास खोज्दै बागलुङका बाढी प्रभावित

२०७३, १६ भाद्र बिहीबार ०७:३५

 भदौ १६, बागलुङ । गत साउन १० र ११ गते आएको बाढीका कारण घरबास गुमाएका परिवारले सरकारसँग पुनर्वासको माग गरेका छन् । 

प्रभावितले तत्कालीन राहतभन्दा दीर्घकालीन पुनर्वासको चिन्ताले पिरोलेको बताएका छन् । जीवनभरको मेहनतले आर्जेको घर, गोठ बाढीले लगेपछि प्रभावितहरु अहिले आफन्तको घर र अस्थायी टहरामा दैनिकी गुजार्न बाध्य छन् । 

गोठमा बस्नुभएका अधिकारीचौर–५ का ६२ वर्षीय खड्कबहादुर पुनले भन्नुभयो– “दिनरात कटाउन धौ धौ भएको छ, स्थायी बसोबासको चिन्ताले पिरोलेको छ” 

सठसठ्ठीवटा घर पूर्णरुपमा क्षति भएपछि अधिकारीचौरका ३९७ जना विस्थापितमध्येका अधिकारीले सरकारले पुनर्वासको योजना ल्याएर सहयोग गरोस् भन्ने आफूहरुको माग रहेको बताउनुभयो । 

सरकारी र गैरसरकारीस्तरबाट राहत सामग्रीको व्यवस्था भएपनि प्रभावितहरुमा स्थायी आवासको चिन्ता छ । अधिकारीचौरकै दुर्गा भण्डारीले बाढी प्रभावितको पुनःस्थापना चुनौतीपूर्ण रहेको बताउनुभयो । 

शिक्षकसमेत रहनुभएका भण्डारीले सरकारले विशेष कार्यक्रम ल्याएर प्रभावितलाई पुनर्वासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

आफन्तको शरण, गोठ र टहरामा दयनीय अवस्थामा बसेका बाढी प्रभावितको दीर्घकालीन व्यवस्थापनप्रति राज्य जिम्मेवार हुनुपर्ने गनासो आइरहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले बाढी प्रभावितको पुनःस्थापनका लागि पहल भइरहेको बताउनुभयो । 

प्रभावितको यथार्थ विवरण सङ्कलन गर्ने र सहयोगको ठोस योजना बनाउनेबारे तयारी भइरहेको जानकारी दिदै उहाँले भन्नुभयो– “यहाँ मात्र नभएर देशभरको समस्या उस्तै छ तैपनि स्थायी बसोबासको प्रबन्ध मिलाउन सक्दो पहल गर्दै र्छौं ।” 

बाढीका कारण अधिकारी चौरका ७१२, बुङ्गादोभानका १३०, बुर्तिवाङमा ४७, भीमगिठेका २२, दर्लिङका १७, निशीका १६, बागलुङ नगरपालिकाका २२, मालिकाका चार, रायडाँडाका पाँच, कुश्मीसेराका दस, बोहरागाउँका आठजना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही