२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

घुम्ती शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण

२३ बैशाख २०७९, शुक्रबार १३:१३

वैशाख २३, खोटाङ | खोटाङको साकेला गाउँपालिकाले ४०२ अशक्तलाई घरैमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सामाजिक सुरक्षाभत्ता लिँदै आएका १ हजार २०७ जना लाभग्राहीमध्ये बैंकसम्म पुग्न नसक्ने ४०२ ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र शारीरिकरुपमा अशक्तलाई गाउँपालिकाले घुम्ती शिविरमार्फत ४५ लाख ३१ हजार सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । 

५ वडा रहेको गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिकमा सामाजिक सुरक्षाभत्ता बापत १ करोड १३ लाख रुपैयाँ निकासा भएको थियो । सामाजिक सुरक्षा भत्ता नेपाल एसबिआई बैंकको साकेला शाखा र गाउँपालिकाले पाँच वडा कार्यालय सहित ६ स्थानमा शिविर आयोजना गरेर वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले जानकारी दिए । 

सामाजिक सुरक्षा भत्ता वितरणका लागि गत १३ वैशाखमा साकेला गाउँपालिका–२ रतन्छा, १४ वैशाखमा साकेला गाउँपालिका–३ खिदिमा, १५ वैशाखमा साकेला गाउँपालिका–४ मात्तिम, १६ वैशाखमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ता तथा २० वैशाखमा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको चण्डेश्वरी आधारभूत विद्यालय डाँडागाउँ र २२ वैशाखमा बाँझेच्यानडाँडा वडा कार्यालयमा घुम्ती शिविर सञ्चालन गरिएको थियो । बैंकसम्म पुग्नसक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षाभत्ता बुझिसकेको गाउँपालिकाले जनाएको छ । 

साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोस्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दैआएको छ । तर वृद्धावस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्षित गरी गाउँपालिका र बैंकले वडा–वडामा शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाएको छ । गाउँपालिका र बैंकबीचमा वर्षको तीन पटक गाउँगाउँमा शिविर सञ्चालन गरेर भत्ता वितरण गर्ने सम्झौता छ । 

सामाजिक सुरक्षाभत्ता वितरणका क्रममा प्रमुख प्रशासकीय अधिकृत महेश राई, नेपाल एसबिआई बैंकका शाखा प्रबन्धक असीम इङ्नाम लगायत सामाजिक सुरक्षा शाखाका कर्मचारी शिविरस्थलमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ