2026-06-16 01:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार: सरकारले कुन देश जान कति खर्च तोकेको छ ? म्यानपावरले कति लिन्छन् ? (विवरण सहित)

२०७९ बैशाख २३, शुक्रवार

वैशाख २३, काठमाडौँ । नेपालबाट बैदेशिक रोजगारीमा जानको लागि संस्थागत रुपमा १ सय ११ देश खुला गरिएको छ । पछिल्लो समय सरकारले स्वीडेनमा पनि संस्थागत रुपमा वैदेशिक रोजगारमा जान पाइने सूचिमा राखेको छ । 

नेपाल सरकारले बैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कबारे निश्चित शुल्क तोकेको छ तर अधिकांश म्यानपावरले सरकारको नीतिलाई मिचेर चर्को अशुली गर्ने गरेको गुनाशो छ । सरकारले तोकेको शुल्क र म्यानपावरले उठाउने शुल्कमा तालमेल नमिल्दा कयौं युवाहरु ठगीको सिकारमा परेका छन् । 

सरकाराले कामदारबाट म्यानपावर कम्पनीले लिन पाउने अधिकतम सेवा शुल्क तोकेको छ । सरकारले २०७२ असार २१ गतेदेखि बिभिन्न ७ देशको लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था लागू गरेको छ । जसअनुसार खाडीका ६ देश कतार, साउदी, कुवेत, बहराइन,ओमान, युएईको लागि फ्रि भिषा र फ्रि टिकट अनिवार्य गरिएको छ भने सेवा शुल्क बढिमा १० हजारसम्म म्यानपावर कम्पनीले लिन छुट दिइएको छ । तर सरकारले अनुगमन नगर्दा खाडीमै जान पनि म्यानपावर कम्पनीहरूले कामदारसँग ५ लाखसम्म शुल्क लिने गरेका छन् । 

मलेसियाको लागि कामदारको सबै खर्च रोजगारदातालाई नै तिराउने गरि नेपाल र मलेसिया विच श्रम सम्झौतामा हस्ताक्षर भइसकेको छ। यो पनि कार्यन्वयनमा आएको छैन । मौरिसस् को लागि १ लाख ९ हजार ९ सय, जापानको लागि टिकट बाहेक ५० हजार (हाल दुई देशवीच सरकारीस्तरमा नै कामदार लैजानेगरी श्रम समझदारी भएको तर सेवा शुल्क नतोकिएको), रसियाको लागि ८० हजार, पोल्याण्डको लागि ८० हजार ४ सय, पोर्चुगलको लागि ६५ हजार, लिबिया ९० हजार (४१७५ खाना, आवास सुविधा सहित) तोकिएको छ । त्यस्तै इपिएस मार्फत दक्षिण कोरियाको लागि ७ सय ७० युएस डलर, अल्जेरियाको लागि सिप भएकाको लागि १ लाख १८ हजार र स्टाफको लागि १ लाख २३ हजार सेवा शुल्क तोकिएको छ ।

यी देश बाहेक सेवा शुल्क नतोकिएका मुलुकको हकमा अधिकतम ६ महिनाको तलब बराबर म्यानपावर कम्पनीले लिन पाउने प्रावधान रहेको छ । यदि म्यानपावर कम्पनीले यो सेवा शुल्क भन्दा बढी लिएमा श्रम मन्त्रालयको कल सेन्टर, बैदेशिक रोजगार विभागमा उजुरी गर्न सकिन्छ । 

सरकारले बैदेशिक रोजगारीको लागि देशगत लागत खर्च:- 

१. जापान - (अधिकतम लागत) रु. ५०,०००/- (श्रम समझदारी हुनुभन्दा अगाडिको)

(तर जापान रोजगारको लागि ६ देखि १५ लाखसम्म लिने गरिएको गुनाशो छ)

२. बहराइन - (अधिकतम लागत) रु. १०,०००/- 

(तर बहराइन रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुले कम्तिमा ८० हजारदेखि देखि २ लाख ५० हजारसम्म लिने गरिएको गुनाशो छ)

३. कुवैत - (अधिकतम लागत) रु. १०,०००/- 

(तर कुवैतमा रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुले कम्तिमा ८० हजारदेखि देखि २ लाख ५० हजारसम्म लिने गरिएको गुनाशो छ)

४. लेबनान - (अधिकतम लागत) रु. ७०,०००/-

५. मौरिसेस - (अधिकतम लागत) रु. १९,०००/-

(तर मौरिसेसमा रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुले कम्तिमा ४ लाखदेखि देखि ७ लाखसम्म लिने गरिएको गुनाशो छ)

६. ओमान - (अधिकतम लागत) रु.१०,०००/-

(तर मौरिसेसमा रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुले कम्तिमा ८० हजारदेखि देखि २ लाख ५० हजारसम्म लिने गरिएको गुनाशो छ)

७. पोल्याण्ड - (अधिकतम लागत) रु. ८०,४००/- 

(तर कुवैतमा रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुले कम्तिमा ६ लाखदेखि देखि १० लाखसम्म लिने गरिएको गुनाशो छ)

८. कतार – (अधिकतम लागत) रु. १०,०००/-

(तर मौरिसेसमा रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुले कम्तिमा ८० हजारदेखि देखि २ लाख ५० हजारसम्म लिने गरिएको गुनाशो छ)

९. रसिया – (अधिकतम लागत) रु. ८०,०००/- 

१०. साउदी अरबिया - (अधिकतम लागत) रु.१०,०००/-

(तर मौरिसेसमा रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुले कम्तिमा ८० हजारदेखि देखि २ लाख ५० हजारसम्म लिने गरिएको गुनाशो छ)

११. यु.ए.ई - (अधिकतम लागत) रु.१०,०००/- 

(तर मौरिसेसमा रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुले कम्तिमा ८० हजारदेखि देखि ५ लाख ५० हजारसम्म लिने गरिएको गुनाशो छ)

१२. मलेसिया – (शुन्य लागत) 

(तर मलेसियामा रोजगारको लागि म्यानपावर तथा एजेन्टहरुले कम्तिमा ८० हजारदेखि देखि २ लाखसम्म लिने गरिएको गुनाशो छ ।)

१३. अन्य देश – (म्यानपावरले राष्ट्रिय दैनिकमा छाप्ने बिज्ञापनमा लागत उल्लेख गरेका हुन्छन्, त्यसै अनुसार)

 (तर राष्ट्रिय दैनिकमा छापिएको बिज्ञापनमा उल्लेख गरे भन्दा कयौ गुणा रकम अशुली हुने गरेको छ ।)

सरकारले अधिकतम लागत तोकेर कार्यान्वयन हुन नसकेको ८ बर्ष बित्नै लाग्दा यस सम्बन्धि गुनाशो चौतर्फी छ । सरकारको नीतिको बिरोध गर्दै श्रमिक पठाए बापत कम्तिमा एक महिनाको तलब लागतको रुपमा लिन पाउनुपर्ने माग राख्दै आएका म्यानपावरलाई एक महिना बराबरको रकम अशुलीले नपुगेर चर्को अशुली भईरहेको बारे सरकार बेखबर झैँ छ । खबर भए पनि लामो समयदेखि यो समस्याबारे सरकारी निकाय मौन हुनुले वैदेशिक रोजगार क्षेत्र जति व्यवस्थित हुँदैछ भने पनि श्रमिकको दुखेसोमा सकारात्मक बन्न सकेको छैन । लागत बढी लिनमा एजेन्टले सक्रिय भूमिका खेलेको निष्कर्ष सहित सरकारले एजेन्ट व्यवस्था समेत खारेज गर्दा अझै एजेन्टकै हालीमुहाली छ । वैदेशिक रोजगार अन्तर्गत आकर्षित कोटामा पैसा उठाउने दाउले एजेन्टको सक्रियता बढाइएको छ जसको कारण अनाधिकृत रकम अशुली र ठगिको सिकारमा समेत युवाहरु पर्दै आएका छन् । 

सरकारले वैदेशिक रोजगारमा जाने युवाहरुलाई लागत रकम अनुसार रकम म्यानपावर कम्पनीलाई मात्र तिर्नुपर्छ र पैसा तिरेको आधिकारिक  रसिद पनि अनिवार्य लिएर त्यसलाई सुरक्षित राख्नुपर्छ भने पनि सरकारले तोकेको अधिकतम लागतको कारणले म्यानपावरहरुले निश्चित बढी बढी रकम लिएको प्रमाण दिदैनन् । यस्तो अवस्थामा नीतिको कुरा गर्नेहरुलाई वैदेशिक रोजगारमा जान निषेध गर्ने सम्मको भूमिका म्यानपावर तथा एजेन्टहरुले खेल्ने गरेका छन् । एजेन्ट मार्फत वैदेशिक रोजगारको कारोबार गर्न गैर कानुनी भने पनि युवाहरुलाई त्यसरी अनाधिकृत कारोबार गर्न बाध्यता छ । एजेन्ट नभेटे प्रक्रियानै अगाडी नबढाउने सम्मको बेथिति यो क्षेत्रमा छ । 

सिधा म्यानपावर गए १० हजारदेखि १ लाखसम्म छुट पाइन्छ 

वैदेशिक रोजगार अन्तर्गत एजेन्टको सहयोग बिना सिधै म्यानपावरमा जाँदा एक लाखसम्मको लागत खर्च छुट पाइन्छ । यस हिसावमा एजेन्टहरुले देश र कमाईको हिसावमा शुल्क अशुल्ने गरेका छन् । यसरी अशुली हुँदा कम्तिमा १० हजारदेखि माथि १ लाख सम्म एजेन्टहरुको माध्यमबाट वैदेशिक रोजगारमा जाँदा लागत बढ्न जाने गरेको गुनाशो छ । म्यानपावरबाट प्राप्त जानकारी अनुसार सरकारले तोके अनुसारको लागतमा कामदार पठाउन नसक्ने अवस्था छ । अधिकांश डिमाण्डहरु एजेन्टको माध्यमबाट आउने गरेका छन् । यसरी आउँदा म्यानपावर/म्यानपावरबीच डिमाण्ड किन्ने प्रतिष्पर्धा चल्ने गरेको छ । यसरी आएको डिमाण्डमा एकै कामदारको डिमाण्डको खर्च ४० हजार भन्दा बढी पर्ने गरेको छ । त्यसमा कार्यालय खर्च, टिकट खर्च र एजेन्ट समेतको खर्च जोड्दा लाख भन्दा बढी लिन परेको बताइन्छ । यस्ता डिमाण्डमा सिधै म्यानपावर मार्फत जाने कामदारले छुट पाउँछन् तर अधिकांश म्यानपावरले एजेन्ट नजोडी पैसा उठाउँदा सरकारी समस्या हुने बुझेर एजेन्ट बिना काम गर्दैनन् भन्ने गुनाशो छ । 

वैदेशिक रोजगारमा जानु अघि वा श्रम नवीकरण गर्दा कल्याणकारी कोषमा कति जम्मा गर्नुपर्छ ?

रु १५०० जम्मा गर्नुपर्छ जसले पनि बिमाले जस्तै विदेशमा अङ्ग-भङ्ग भएमा¸ प्राणघातक रोग लागेमा वा मृत्यु भएमा क्षतीपूर्ति प्रदान गर्छ ।

अभिमुखीकरण तालिमको लागि कति खर्च लाग्छ ?

अभिमुखीकरण तालिमको लागि  रु ७०० रुपैयाँ तिर्नुपर्छ तर महिलाहरूले भने वैदेशिक रोजगार प्रवर्दन बोर्डबाट फिर्ता पाउँनेछन् ।

सीप सिकेको कति खर्च लाग्छ ?

सीपको प्रकार र सीप दिने संस्थाको नियमअनुसार फरकफरक पर्छ, सामान्यतया रु ३,००० देखि १,००,००० सम्म लाग्न सक्छ । घरेलु कामदारको लागि जानेहरुलाई भने सरकारले नि:शुल्क सीप सिक्ने व्यवस्था गरेको छ ।

बिमा गर्न कति पैसा लाग्छ ?

बिमा गर्न कामको प्रकार¸ विदेश जाने व्याक्तिको उमेर¸ विदेशमा बस्ने अवधि हेरेर बिमाको शुल्क  रु ३९०० देखि रु २०,००० सम्म लाग्नसक्छ। 

बैदेशिक रोजगार सम्बन्धि अझै धेरै जानकारी पाईराख्न आफ्नो मोबाइलमा 'वैदेशिक रोजगार' एप डाउनलोड गर्न सक्नुहुनेछ साथै कार्यालय समयमा साझा सबाल मिडियाको ०१-४४१२९८८ मा कल गरि जानकारी लिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ