चुनाव प्रचारमा हिँडेका एक जनाको गाडीबाट लडेर मृत्यु

साझासवाल
1 Min Read

वैशाख २४, सल्यान | नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ ।

कालीमाटी गाउँपालिका-२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो ।

कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु१ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउकामा गम्भीर चोट लागेको र उपचारका लागि तुल्सीपुरमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी चालक दाङ जिल्ला बबई गाउँपालिका-२ का खुमबहादुर छन्तेललाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply