Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ बैसाख २५ गते, अपराह्न ५:३४ बजे समाज, सोलुखुम्बु - SLK

सगरमाथा आरोहण गर्न गएका रुसी नागरिकको लेक लागेर मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २५, सोलुखुम्बु | विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रममा लेक लागेर एक जना रुसी नागरिकको मृत्यु भएको छ ।

राहदानी नम्बर ७५११०३२२४ बाहक ५५ वर्षीय रुसी नागरिक पाभेल कोफट्रिकिनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेभेन समिट क्लब रसियाबाट आरोहण गर्न आएका उनको खुम्बुपासाङल्हामु गाउँपालिका–४ मा पुग्दा अचानक लेक लागेर मृत्यु भएको हो ।

उनको शव अल्टिच्युड एयरको हेलिकोप्टरद्वारा त्रिविवि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।