२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा निर्वाचन सुरक्षाका लागि ज्ञज ११ सयभन्दा बढि सुरक्षाकर्मी परिचालन

२६ बैशाख २०७९, सोमबार ०७:०५

 वैशाख २६, मुगु  | हिमाली जिल्ला मुगुमा स्थानीय तह निर्वाचन सुरक्षाका लागि १ हजार १६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । 

जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दे आवश्यक सुरक्षाकर्मी परिचालन गरेकाे हो ।  

निर्वाचन सुरक्षाका लागि २ सय ९८ जना नेपाल प्रहरी,  २ सय ५० जना नेपाली सेना, १ सय ६० जना सशस्त्र प्रहरी र ४ सय ५७ जना म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए । 

निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइ सकिएको र निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना  रहने छ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् । 

निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ । 

नेपाली सेनाको श्री बक्स गुल्मका मेजर झलक लामाका अनुसार  मुगुका ४ वटै स्थानीय तहमा नेपाली सेना परिचालन गरिएको छ । 


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ