२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुस्थित नेपाल टेलिकमको टावरमा एकै महिना तीन पटक तोडफोड

२८ बैशाख २०७९, बुधबार ०७:४९

वैशाख २८, मुगु | स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा मुगुकाे सोरु गाउँपालिकास्थित नेपाल टेलिकमको टावरमा अज्ञात समुहले तोडफोड गरेकाे छ । याेसहित एकै महिनामा टावरमा ताेडफाेड भएकाे तेस्राे पटक हाे ।  

सोरु गाँउपालिका-३ भिँई गाउँमा नेपाल टेलिकमको भिस्याट प्रविधिको टावरमा वैशाख महिनामा मात्रै तीन पटक तोडफोड भएको हो । तोडफाडका कारण टावरमा क्षति पुगेकाले सोरु गाँउपालिका-३ भिँईमा रहेका आठ बस्ती, वडा नम्बर ९ र १० का आधा दर्जन बस्ती र हुम्लाकाे तल्लो बस्तीका दर्जनौँ बस्तीका सेवाग्राही सञ्चार सेवाबाट बञ्चित भएका छन् ।

ताेडफाेडबाट नेपाल टेलिकमको टावरमा रहेको मेसिन, सोलार पाता, ब्याट्रिलगाएतले काम गर्न छाडेकाे छ । २४ वैशाखमा सदरमुकाम गमगढी बजारबाट गएकाे प्राविधिक टाेलीले  २५ वैशाखमा टावर बनाए पनि दोस्रो दिन (२६ वैशाख) मै पुन: तोडफोड भएकाे नेपाल टेलिकम मुगुका निमित्त कार्यालय प्रमुख गणेश डाँगीले बताए । 

                            Avatar

डाँगीका अनुसार टावर सुरक्षा घेरवार र अन्य सुरक्षा ब्यावस्था नभएकाले स्थानीयवासी र बादरले  पनि क्षेति गर्ने गरेकाे छ । 

प्रत्येक टावरमा एक जना चौकीदारको व्यवस्था गरे पनि सरकारले ताेकेअनुसार न्यूनतम पारिश्रमिक नहुँदा २४सैं घण्टा टावरमा समय नदिने गरेकाे पाइन्छ । भिँईमा टेलिकमले टावर राखेको १० बर्ष जति भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ