2026-09-12 09:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङको युवक भीरमा मृत फेला, एमाले कार्यकर्तासमेत रहेका युवकको अपहरणपछि हत्या गरिएको आरोप

वैशाख २९, ताप्लेजुङ | मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृत फेला परेका छन् । स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका हुन् ।

बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्कैदै गरेका कार्कीको शव राति १२ बजेतिर खुर्साने पाखामा फेला परेको ताप्लेजुङ प्रहरीले जनाएको छ । 

ताप्लेजुङ प्रहरी प्रमुख कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बाटोबाट खसेर मृत्यु भएको देखिएको बताए । 

‘शव पोष्टमार्टमको लागि सदरमुकाम ल्याउँदैछौं । अहिलेको प्रारम्भिक अनुसन्धानअनुसार बाटोबाट झरेर मृत्यु भएको देखिएको छ । थप अनुसन्धान जारी छ,’ प्रमुख कार्कीले भने । 

उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्रै थाहा हुने उनको भनाइ छ । यता नेकपा एमाले नेता योगेश भट्टराईले भने आफ्ना कार्यकर्तासमेत रहेका कार्कीको अपहरणपछि हत्या गरिएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले निर्वाचनमा मतदान गर्न जाने क्रममा एमाले कार्यकर्ता कार्कीलाई अपहरण गरी बेपत्ता बनाई शारीरिक तथा मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरिएको लेखेका छन् । 

घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाही गर्न स्थानीय प्रहरी प्रशासनलाई उनले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस