२० माघ २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङको युवक भीरमा मृत फेला, एमाले कार्यकर्तासमेत रहेका युवकको अपहरणपछि हत्या गरिएको आरोप

२९ बैशाख २०७९, बिहीबार ०७:५५

वैशाख २९, ताप्लेजुङ | मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृत फेला परेका छन् । स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका हुन् ।

बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्कैदै गरेका कार्कीको शव राति १२ बजेतिर खुर्साने पाखामा फेला परेको ताप्लेजुङ प्रहरीले जनाएको छ । 

ताप्लेजुङ प्रहरी प्रमुख कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बाटोबाट खसेर मृत्यु भएको देखिएको बताए । 

‘शव पोष्टमार्टमको लागि सदरमुकाम ल्याउँदैछौं । अहिलेको प्रारम्भिक अनुसन्धानअनुसार बाटोबाट झरेर मृत्यु भएको देखिएको छ । थप अनुसन्धान जारी छ,’ प्रमुख कार्कीले भने । 

उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्रै थाहा हुने उनको भनाइ छ । यता नेकपा एमाले नेता योगेश भट्टराईले भने आफ्ना कार्यकर्तासमेत रहेका कार्कीको अपहरणपछि हत्या गरिएको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले निर्वाचनमा मतदान गर्न जाने क्रममा एमाले कार्यकर्ता कार्कीलाई अपहरण गरी बेपत्ता बनाई शारीरिक तथा मानसिक यातना दिई क्रुरतापूर्वक हत्या गरिएको लेखेका छन् । 

घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनअनुसार कारवाही गर्न स्थानीय प्रहरी प्रशासनलाई उनले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ वैदेशिक रोजगारीमा युएई पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति पक्राउ निजी जीवनबारे धेरै चर्चा नगरिदिन एलिना चौहानको आग्रह विद्यार्थीहरु जब राम्रो हुन्छन् तब मात्र समाज राम्रो बन्छ : मन्त्री सिंह सहकारीसम्बन्धी अध्यादेशमा के के संशोधन गर्ने ? महिला टी-२० मा नेपालको लगातार दोस्रो हार माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको छ : प्रचण्ड महिला टी-२०: नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य समयानुकुल सहकारीमैत्री ऐन, नियमहरु बनाउनका लागि अध्यादेश आवश्यक:देउवा आजबाट क्यानडा-मेक्सिको र चीनमाथि कर लगाउने राष्ट्रपति ट्रम्पको निर्णय यातायात कार्यालय गौरबाट चार करोड बढी राजश्व संकलन साउदीमा सडक दुर्घटनामा परि ३ नेपालीको मृत्य सरकारले जनताका आवाजलाई कमजोर बनाउन खोज्यो: माओवादी कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति सडकमा मृत फेला अछाम मृत्यु प्रकरण : शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा ह-त्या अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा फेरी अर्को विमान दुर्घटना बागलुङमा यस वर्ष साढे २६ करोडको सुन्तला बिक्री नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, एक गम्भीर घाइते आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै