2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौंडामा लागूऔषधसहित तीनजना पक्राउ

जेठ ८, हेटौंडा | मकवानपुर प्रहरीले हेटौंडाको विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ पीपलबोटबाट पाँच ग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हेटौंडा-११ का २८ वर्षीय सविन पहाडी छन् । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना१४प ३१६४ नम्बरको मोटरसाइकलमा आएका उनको साथबाट पाँच ग्राम खैरोहिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

त्यसैगरी, हेटौंडा-४ पारिजातपथबाट ४५ ट्याब्लेट नाइट्रोभेटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंंडा-५ शान्तिनगरका १९ वर्षका युवराज चौलागाईं छन् । पैदल हिँडिरहेका उनको शरीर खानतलासीको क्रममा ४५ ट्याब्लेट नाइट्रोभेट फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । 

यस्तै प्रहरीचौकी हेटौंडा बसपार्कको टोलीले लागूऔषध नुर्फिन, डाइजेपाम, फेनार्गन र नाइट्रोभेटसहित बकैया-४ घर भई हेटौंडा-११ मा डेरा गरी बस्दै आएका ३३ वर्षीय लक्ष्मण घलानलाई पक्राउ गरेको छ । घलानको झोला खानतलासीको क्रममा लागूऔषध नुर्फिन, डाइजेपाम र फेनार्गन एक-एक सय एम्पुल र नाइट्रोभेट १०५ ट्याब्लेट फेला परेको जिल्ला डीएसपी कार्कीले बताए । लागूऔषधसहित पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो