२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, २० घाइते

२०७९, १२ जेष्ठ बिहीबार ०५:१६

जेठ १२, दैलेख | दैलेखको आठबीस नगरपालिका–२ सिस्नेमा हिजो बेलुकी यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । 

मृत्यु हुनेमा दैलेखकै दुल्लु नगरपालिका–९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाता गाँउपालिका–३ का ३५ वर्षीय ज्ञान बहादुर बम र कालीकोटकै पचालझरना गाँउपालिका–३ कि ६० वर्षीया धनकला शाही रहेकी छिन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी धनकलाको उपचारको क्रममा र बाँकी ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका २० जना यात्रुलाई उपचारको लागी सुर्खेत स्थित प्रादेशिक अस्पताल पठाइएको छ । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ । 

मुगुबाट नेपालगञ्जतर्फ आउदै गरेको म १ ख ६६० नम्बरको बस हिजो बेलुकी ८ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । बस चालकलाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर