२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु बस दुर्घटना: मृतकका परिवारलाई पाँच लाख बिमा रकम हस्तान्तरण

१२ जेष्ठ २०७९, बिहीबार ०६:१९

जेठ १२, काठमाडौँ | बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच लाख रुपैयाँका दरले बिमा रकम हस्तान्तरण गरिएको छ । गत २६ असोजमा नेपालगञ्जबाट मुगु आउँदै गरेको यात्रुवाहक बस पिनाको तपने खोलामा दुर्घटना भएकाे थियाे । दुर्घटनामा परी ज्यान गुमाएका ३३ जनाको घरपरिवारलाई सो रकम हस्तान्तरण गरिएको हो । 

बस दुर्घटना भएको झन्डै नाै महिनापछि रारा छायानाथ यातायत प्रालिले बिमा गरी लुम्बिनी इन्स्योरेन्सबाट निकासा गरी बिमाबापतको रकम हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । ज्यान गुमाएका परिवारलाई सबै गरी एक करोड ६५ लाख बराबरको रकम मृतकका परिवारलाई प्रतिव्यक्ति पाँच लाख रुपैयाँका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।


मृतकका परिवारलाई नगरपालिकाले प्रतिव्यक्ति ५० हजार प्रदेश सरकारले पनि एक लाख रुपैयाँ उपलब्ध गराएको थियो । दुर्घटनामा परेका घाइते बिरामीलाई हवाई उद्धार भाडा रकम र जिल्ला अस्पतालमा उपचारबापतको रकम सरकारले अहिलेसम्म प्रदान नगर्दा समस्या उत्पन्न भएको प्रजिअ महतले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ