१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब यी २५ ठाउँमा बन्द तथा हड्ताल गर्न नपाइने, कुन कुन ठाउँमा ?

२७ जेष्ठ २०७९, शुक्रबार ०९:१५

जेठ २७, काठमाडौँ | सरकारले अत्यावश्यक मानिने २५ वटा सेवामा बन्द तथा हड्ताल गर्न नपाउने नियम अघि सारेको छ ।

यसबारे गृहमन्त्रालयले आज राजपत्रमा एक सूचना प्रकाशन गरेर लागू गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै मन्त्रालयले विभिन्न २५ अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।


तर ऐन पुरानो भएकाले उल्लिखित सेवा हड्तालमा सजाय भने नगण्य मात्रामा तोकिएको छ । हड्ताल गर्न निषेध गरिएका ती सेवामा यदि कुनै व्यक्ति वा समूह–संगठनले हड्ताल गरेमा वा त्यस कार्यमा भाग लिएमा ६ महिनासम्म कैद सजाय वा २०० सय रूपैयाँसम्म हुने आवश्यक सेवा सञ्चालन ऐनमा व्यवस्था छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार डाँक वा हुलाक सेवा, तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, बैंकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, मास्कसम्बन्धी सेवा, ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवा, भेटेनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, इन्टरनेट सेवालगायतमा हड्ताल गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक