१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब ओलीलाई डाक्टर र नर्सले सुनाउँथे सालको पात टपरी हुने…

२८ जेष्ठ २०७९, शनिबार १३:००

जेठ २८, काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अस्पतालमा उपचाररत हुँदा स्वास्थ्यकर्मीले गीत गायर आफूलाई सुनाउने गरेको स्मरण गरे । स्थानीय तह निर्वाचनमा नेकपा एमालेका पक्षमा जनमत सिर्जना गर्न योगदान गर्ने कलाकारहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीतको महत्त्वका बारेमा चर्चा गरेका हुन् ।

उनले सिर्जनामा शक्ति हुने र आफू बिरामी हुँदा पनि उपचारमा संलग्न डाक्टर र नर्सहरूलाई गीत गाउन लगाउने गरेको स्मरण गरेका हुन् ।

‘तपाईंहरूको सिर्जनाको के अर्थ हुन्छ ? म अप्रेसन गरेर आइसियुमा बसेको थिए । तर, त्यहाँ मैले गाउन जाने पनि नजाने पनि डाक्टर, नर्स र काम गर्ने सबैलाई गीत गाउन लगाउँथे । किनकि बिरामीसँग झगडा गर्न हुँदैन । गाउनै पर्ने थियो,’ ओलीले भने ।

काममा व्यस्त हुँदा पनि उपचारमा संलग्न चिकित्सकहरूले आफूलाई जाँच्नुभन्दा पहिले गीत सुनाउने गरेको बताए । डाक्टर जाँच्न आउँदा पहिले एउटा गीत गाउने, नर्सले कुनै इन्जेक्सन लगाउँदा पहिले गीत गाउने गरेको उनी बताउँछन् ।

ओलीले ‘सालको पात टपरी हुने…’ गीत डाक्टर र नर्सहरुले सुनाउने गरेको बताए । बिरामी अवस्थामा पनि गीत सुन्दा आनन्द हुने गरेको बताउँदै ओलीले मानव जीवनमा संगितको ठूलो महत्त्व रहेको स्मरण गरे । उनले गीत/संगितभन्दा टाढा कोही रहन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक