१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ विमानस्थल निर्माण हुने प्रम देउवाको आश्‍वासन

२९ जेष्ठ २०७९, आईतवार ०६:५९

जेठ २९, बारा | प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् ।

बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडाैं पुगेको निजगढ सार्वजनिक सरोकार समितिकाे ज्ञापनपत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा सारेर भए पनि सरकारले निजगढ विमानस्थल बनाएरै छाडने बताएका हुन् । 


देउवाले विमानस्थल बनाउने भएर नै सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत रकम छुट्टयाएको बताएकाे सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए ।

निजगढकाे वन क्षेत्रसमेत समावेश गरी विमानस्थल निर्माणकाे याेजना सरकारकाे छ । तर सर्वाेच्च अदालतले विमानस्थल निर्माणसम्बन्धी सरकारका सबै निर्णय बदर गरिदिएकाे छ । यद्यपि परमादेशकाे संक्षिप्त वा पूर्ण पाठ आइनसकेकाले अन्याैल कायमै छ ।

सराेकार सिमितले एमाले अध्यक्ष एव‌ं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई पनि ज्ञापन पत्र बुझाएको छ ।

पूर्वप्रम ओली र प्रचण्डले पनि विमानस्थल बनाउनुपर्ने कुरामा जोड दिएको बताइएको छ । 

सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै खानेपानी मन्त्री उमाकान्त चौधरी नेतृत्वको अर्को टोलीले पनि शनिबार प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।

मन्त्री चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई ज्ञापनपत्र पेश गर्दै निजगढ विमानस्थल निर्माण कार्य अघि बढाउन आग्रह गरेको हो । भेटमा प्रधानमन्त्री देउवाले निजगढमा विमानस्थल बनाउन आगामी आर्थिक वर्षका लागि सरकारले बजेट विनियोजन गरेको जनाउँदै कानुनी अड्चन फुकाएर निर्माण प्रक्रिया अघि बढाउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक