२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार हजार ऋणबाट सुरू गरेको व्यवसायको आम्दानीले घर र घडेरी खरिद

२०७९, २९ जेष्ठ आईतवार ०७:४७

जेठ २९, सप्तरी | महिलाहरूको आर्थिक क्रान्तिका लागि २०५० सालमा स्थाना गरिएको स्वेडेकले सप्तरीको महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग मात्र  गरेको छैन, आर्थिक क्रान्ति नै ल्याएको छ।

सप्तरीको राजविराज-२ की ५० वर्षीया सरिता ठाकुर २०६३ मा १५ जनाको समूह बनाएर संस्थामा आबद्ध भइन्। अहिले उनको समूहमा ६३ जना महिला छन्। ठाकुर १०१ समूहको प्रमुख हुन्। उनीहरू समूहमा ऋण लगानी र असुली गर्ने काम गर्छन्।

छोराछोरी पढाउन र घर बनाउनसमेत संस्थाले ऋण दिँदै आएको उनले बताइन्। उनले भनिन्, ‘संस्थाले असहाय र पीडित महिलालाई ऋण मात्र दिएको छैन, छोराछोरीलाई शिक्षा दिन आफ्ना परिवारलाई हरेक पक्षबाट व्यवस्थित गरेर परिवार सञ्चालन गर्न सिकाएको छ। अहिले सानो ऋण लिएर हामी महिलाहरू आर्थिक रूपमा सशक्त छौ,’ उनले भनिन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाकि ६० वर्षीया ज्ञानीदेवी सरदार संस्थाबाट थोरै ऋण लिएर लाखौंको मालिक भएकी छन्। उनले भनिन्,´जतिवेला हामीसँग कुनै विकल्प थिएन । धितो राख्ने केही थिएन । कसैले ऋण दिँदैन्थ्यो त्यतिबेला स्वडेकले हामीलाई विश्वास गरेर ऋण दियो र अहिले हामी समाजमा आफ्नै नामले परिचित छौँ,’ उनले भनिन् ।

राजविराज-८ की थलकुमारी मगर २०६१ सालमा संस्थामा आबद्ध भइन्। उनी १३ समूहको प्रमुख हुन्। उनले संस्थासँग चार हजार ऋण लिएर व्यवसाय सुरू गरिन्। अहिले छोराछोरीलाई उच्च शिक्षा अध्ययन गराइरहेकी छन्। त्यहीँ सानो ऋण लिएर गरेको मिहिनेतबाट अहिले तीन जिल्लामा घडेरी किनिसकेको मगरको भनाइ छ।

उनले भनिन्,´राजविराजमा घर नै बनाइसके। श्रीमान बित्नुभएको दुई वर्ष भयो ।आर्थिक रूपमा कुनै समस्या छैन।अहिले आर्थिक रूपमा सबल छु। ऋण लिएर त्यसबाट आम्दानी हुने काम गर्नुपर्छ। कामै नगरी ऋण  अन्य काममा खर्चिनु हुँदैन। एकदिन अवश्य सफल भइन्छ।’

संस्थामा अहिलेसम्म तीन लाख ३० हजार महिला जोडिएको र सबैलाई आर्थिक रूपमा सशक्त बनाउन प्रयास भइरहेको संस्थाका अध्यक्ष मिरा देवले बताइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा