२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौशालामा किड्नी केयर स्थापना, सय रुपैयाँमै परीक्षण गर्न सकिने

२०७९, ३० जेष्ठ सोमबार ०७:०७

जेठ ३०, काठमाडौं | काठमाडौंको गौशालामा सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले किड्नी केयरको स्थापना गरिएको छ। असार १ गतेबाट सुरु हुने किड्नी केयरको नेपाली कांग्रेसका नेता एवं सांसद भीमसेन दास प्रधानले आइतबार उद्घाटन गरेका छन्।


उनले समयमै सबै व्यक्तिले मृगौलाको परीक्षण गर्नुपर्ने बताए। किड्नी केयरको प्रसंसा गर्दै उनले देशभरि सेवा विस्तार गर्न आग्रह गरे। 

त्यस्तै किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरले मृगौला जँचाऔं, मृगौला बचाऔं भन्ने अभियानका साथ सेवा सुरु गरेको बताए। उनले किड्नी केयर ३६५ दिन नै खुला रहने र सेवा दिने बताए। किड्नी केयरमा ल्याब शुल्क एक सय रुपैयाँ राखिएको छ। सोही रकममा निशुल्क परामर्शसमेत लिन सकिने बताइएको छ। 

'एक सय रुपैँयामा मृगौलाको अवस्था थाहा पाउने प्यारामिटर, ब्लड सुगर र्‍याण्डम, युरिन एल्बुमिन र उच्च रक्तचापको परीक्षण हुनेछ,' संस्थापक कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

डा. कुँवरले काठमाडौं उपत्यकाभित्र शाखाहरु सञ्चालन गरी सेवा विस्तार गर्ने बताए। मृगौलाको अवस्था समयमै थाहा पाउन भौँतारिनु नपरोस् भन्ने हेतुले किड्नी केयरको स्थापना गरेको डा. कुँवरको भनाइ छ।

नेपाल ल्याब हाउसका प्रबन्ध निर्देशक प्राडा. विदुर वस्तीले प्रयोगशालाको गुणस्तर अब्बल रहेको भन्दै मृगौला परीक्षणको सेवा भएकोमा खुसी व्यक्त गरे।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते