१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौशालामा किड्नी केयर स्थापना, सय रुपैयाँमै परीक्षण गर्न सकिने

३० जेष्ठ २०७९, सोमबार ०७:०७

जेठ ३०, काठमाडौं | काठमाडौंको गौशालामा सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले किड्नी केयरको स्थापना गरिएको छ। असार १ गतेबाट सुरु हुने किड्नी केयरको नेपाली कांग्रेसका नेता एवं सांसद भीमसेन दास प्रधानले आइतबार उद्घाटन गरेका छन्।


उनले समयमै सबै व्यक्तिले मृगौलाको परीक्षण गर्नुपर्ने बताए। किड्नी केयरको प्रसंसा गर्दै उनले देशभरि सेवा विस्तार गर्न आग्रह गरे। 

त्यस्तै किड्नी केयरका संस्थापक डा. किरण जंग कुँवरले मृगौला जँचाऔं, मृगौला बचाऔं भन्ने अभियानका साथ सेवा सुरु गरेको बताए। उनले किड्नी केयर ३६५ दिन नै खुला रहने र सेवा दिने बताए। किड्नी केयरमा ल्याब शुल्क एक सय रुपैयाँ राखिएको छ। सोही रकममा निशुल्क परामर्शसमेत लिन सकिने बताइएको छ। 

'एक सय रुपैँयामा मृगौलाको अवस्था थाहा पाउने प्यारामिटर, ब्लड सुगर र्‍याण्डम, युरिन एल्बुमिन र उच्च रक्तचापको परीक्षण हुनेछ,' संस्थापक कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

डा. कुँवरले काठमाडौं उपत्यकाभित्र शाखाहरु सञ्चालन गरी सेवा विस्तार गर्ने बताए। मृगौलाको अवस्था समयमै थाहा पाउन भौँतारिनु नपरोस् भन्ने हेतुले किड्नी केयरको स्थापना गरेको डा. कुँवरको भनाइ छ।

नेपाल ल्याब हाउसका प्रबन्ध निर्देशक प्राडा. विदुर वस्तीले प्रयोगशालाको गुणस्तर अब्बल रहेको भन्दै मृगौला परीक्षणको सेवा भएकोमा खुसी व्यक्त गरे।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ