१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झपड रावलको मन्त्रीलाई चेतावनी- लेटरप्याड च्यात्ने तपाईंको मुख च्यात्न नपरोस्

३० जेष्ठ २०७९, सोमबार ०७:४६

जेठ ३०, काठमाडौं | प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद झपड रावलले मन्त्रीको मुख च्यात्ने चेतावनी दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद रावलले जनताको माग लिएर मन्त्रालयमा पेस गरेको लेटेरप्याड च्यात्ने मन्त्रीको मुख च्यात्न नपरोस् भन्दै चेतावनी दिएका हुन् । 


प्रतिपक्षी सांसदहरूले जनताको माग समेटेर लेटरप्याडमा मन्त्रालयमा पेस गरिएको, तर प्रतिपक्षीको भन्दै च्यातेर फ्यालेको आरोप लगाउँदै उनले ती मन्त्रीबारे सदनमै भण्डाफोर गर्ने र जनताले ती मन्त्रीको मुख च्यात्ने पर्ने अवस्था आउने चेतावनी दिए । 

बैठकमा सांसद रावलले भने, ‘प्रतिपक्षका सांसदहरूले जनताको माग लिएर आफ्नो लेटरप्याडमा सरकारलाई मन्त्रालयमा पेस गरेका मागहरू प्रतिपक्षको हो भनेर गैरजिम्मेवार भएर, अराजक ढंगले च्यातेको भन्ने कुराहरू आइरहेको छ । अर्को दिन त्यस्ता मन्त्रीहरूको म विस्तृत विवरण लिएर यही सदनमा भण्डाफोर गर्ने वाचा गर्न चाहन्छु । यस्ता अराजक मन्त्रीलाई जनताकोतर्फबाट चुनौती दिन चाहन्छु । खबरदार हाम्रा लेटरप्याड च्यात्ने मन्त्रीहरू जनताले तपाईंका हात, तपाईंको मुख च्यात्न नपरोस् भन्नेकुरा पनि यहीँबाट खबरदारी गर्न चाहान्छ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ