१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओली-नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता, के भयो छलफल ?

३० जेष्ठ २०७९, सोमबार ०८:१४

जेठ ३०, काठमाडौँ | एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।


ओलीका प्रेस सहयोगी रामकृष्ण बजागाईले दुई नेताबीच आइतबार साँझ दुई घन्टा भेटवार्ता भएको जानकारी दिए । उनले परराष्ट्र नीतिबारे छलफल भएको बताए । वाम गठबन्धनबारे ओली र श्रेष्ठबीच के के कुराकानी भयो त्यो भने थाहा नभएको उनले बताए ।

‘देशमा असंलग्न परराष्ट्र नीति छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने अमेरिकाको पछि लागिरहेका छन् । ओली र श्रेष्ठबीच यसै विषयमा छलफल भएको हुनुपर्छ,’ बजगाईले न्युज कारखानासँग भने । अमेरिकी सहयोग परियोजना एमसीसी पास पाएपछि पछिल्लो समय नेपालमा अमेरिकी कूटनीति र नेताहरूको भ्रमण बाक्लिएको छ । 

स्थानीय तहको निर्वाचनपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका नेता श्रेष्ठबीचको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ । दुवै नेताबीचको भेटले नेपालको राजनीतिमा भने तरंग सिर्जना गरेको छ । धेरैले यसलाई वाम गठबन्धनबारे छलफल सुरु भएको अर्थमा बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ