१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली, देउवा र माधव नेपालमा केही फरक पाईनँ, अब एमालेसँग सहकार्य अघि बढ्छ : झलनाथ खनाल

३० जेष्ठ २०७९, सोमबार ०९:१२

जेठ ३०, काठमाडौं | नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच खटपट सुरु भएको छ । खासगरी मन्त्रीहरु हेरफेरबारे पार्टीले लिएको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै सम्मानित नेता खनालले अध्यक्ष नेपालसँग असन्तुष्टि पोखेका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएको अवस्थामा पनि अहिलेसम्म नयाँ मन्त्रीहरुको सपथ हुन नसक्नु दुर्भाग्य भएको खनालको गुनासो छ।


उनले मन्त्रीहरुले पनि पार्टी पद्धती र निर्णय नमानेको भन्दै सार्वजनिक रुपमै आलोचना पन गरेका छन्। खासगरी स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच उचित समन्वय नभएको र आफूहरुप्रति कांग्रेस र माओवादी केन्द्र अनुदार बनेको भन्दै खनालले असहमति राख्दै आएका थिए । उनले सार्वजनिक रुपमै आगामी संघीय संसद्को निर्वाचनसम्म वाम गठबन्धन गरेर जानुपर्नेमा जोड दिन थालेका छन् ।

अहिले मन्त्रीहरु हेरफेरको विषय त बहानामात्रै भएको एकीकृत समाजवादीकै नेताहरुको आरोप छ । खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । उनले आफनो पार्टीले मन्त्रीहरु हेरफेरको निर्णय गरेर प्रधानमन्त्रीसमक्ष नयाँ मन्त्रीहरुको नाम सिफारिश गरेको अवस्थामा किन अहिलेसम्म त्यो निर्णय कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएका छन्। उनले पार्टी पद्धतीमा निर्णय सबैले स्विकार गर्नुपर्नेमा जोड दिएका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा खनालले प्रधानमन्त्री देउवा, माधव नेपालपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै पथमा हिँडेको आरोप लगाए । उनले भने,‘देउवा र माधवजी पनि केपी ओलीभन्दा फरक देखिनुभएन, एउटै कार्यशैली देखियो ।’ खनालले आगामी संसद्को निर्वाचनमा एमालेसँग सहकार्य हुनेगरि छलफल अघि बढेको पनि संकेत गरे । अहिले आफ्नो गृहजिल्ला इलाममा जिससमा एमाले र एकीकृत समाजवादीबीच गठबन्धन बनिसकेको पनि खनालले सुनाए । खनालले पछिल्लो समय वाम गठबन्धनको वकालत गरिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ