१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कमल थापाका एजेन्डा : राजसंस्था असम्भव, निर्वाचन प्रणाली असफल र स्वतन्त्रतासहित हिन्दू राष्ट्र

३० जेष्ठ २०७९, सोमबार ०९:५२

जेठ ३०, काठमाडौं | राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचना परिवर्तन गर्नुपर्ने बताएका छन् । राप्रपा नेपाल गण्डकी कार्यसमितिले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा दुई तहको संघीय संरचना मात्र नेपालको लागि उपयुक्त भएको उनले बताए ।

प्रदेश सरकार आवश्यक नभएको र यसलाई खारेज नै गर्नुपर्ने उनको भनाइ छ । ‘विगतको अनुभवलाई दृष्टिगत गर्दै केन्द्रमा बलियो सरकार र स्थानीय तहमा अहिलेको भन्दा बढी अधिकार प्राप्त स्थानीय सरकार रहने गरी संघीय  संरचना बनाउनु पर्छ,’ उनले भने, ‘राप्रपा नेपालले संघीय संरचना सुधारको एजेण्डालाई बोकेर अगाडि बढ्छ ।’ पाँच वर्षको अनुभवमा तीन तहको संघीय संरचनामा प्रदेश सरकारको प्रभावकारिता नदेखिएको उनको भनाइ छ ।

निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक

पूर्व गृहमन्त्री समेत रहेका थापाले अहिलेको निर्वाचन प्रणाली पनि असफल भएको बताए । उनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने बताए ।

‘७० वर्षसम्म संसदीय व्यवस्थालाई अवलम्बन गरियो, यसले राजनीतिक स्थायित्व कायम गर्न सकेन,’ उनले भने, ‘आर्थिक विकास र समृद्धि हासिल हुन नसक्ने निर्वाचन प्रणालीलाई परिवर्तन  गर्नुपर्छ ।’ अहिलेको निर्वाचन प्रणालीमा कमी कमजोरी, विकृति र विसंगति देखिएको, पैसाको चलखेल, सत्ता र शक्तिको दुरुपयोग हुने गरेकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै उपयुक्त भएको भनाइ थापाको भनाइ छ । प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचनबाट निर्वाचित संसद र संसदबाट निर्वाचित राष्ट्रपति हुने निर्वाचन प्रणाली नै आवश्यक भएको थापाको दाबी छ ।

नेपाल पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र

राप्रपा नेपालका अध्यक्ष थापाले समयअनुसार पार्टीले आफ्नो सिद्धान्त, अवधारणा र मान्यतालाई परिवर्तन गरेको बताए । उनले राष्ट्रियता, लोकतन्त्र र हिन्दू राष्ट्रको मान्यतामा आधारित समवद्र्धनवाद पार्टीको वैचारिक दर्शन हुने बताए ।

गणतन्त्र स्थापानापछिको १५ वर्षको अनुभवलाई हेर्दा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता, समानतासहितको हिन्दू राष्ट्र स्थापना गर्नुपर्ने भनाइ उनको छ । ‘गणतन्त्र स्थापनापछि नेपाल राज्यको इतिहास, हाम्रो धर्म, संस्कृतिको अवमुल्यन हुने गरी जुन भाष्य तयार गरिएको थियो, त्यो आपत्तिजनक छ,’ थापाले भने, ‘हाम्रो इतिहासलाई कंलकित गर्ने, सनातन धर्म संस्कृति, मूल्य मान्यतालाई अवमूल्यन गर्ने जुन किसिमको भाषा प्रस्तुत गरियो, त्यसको विकल्पमा सनातन धर्म, संस्कृति, परम्पराको संरक्षण गर्दै राष्ट्रको विकास गर्न सकिन्छ भन्ने मान्यता लिएर अगाडि बढेको हौं, हिन्दू राष्ट्र बनाउने दिशामा नै केन्द्रित भएर लाग्छौं ।’

राजसंस्था स्थापना सम्भव छैन

नेपालमा गण्तन्त्र स्थापना भएपछि पनि संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएका थापाले अब राजसंस्थाको स्थापना  सम्भव नभएको बताए । ‘पूर्वराजा ज्ञानेन्द्र साहको सकारात्मक भूमिका भएको भए राजसंस्था फर्किन सक्थ्यो,’ उनले भने, ‘हामी राज संस्थाको वकालत गर्दै देशव्यापी रुपमा परिचालित भयौं । तर, राजाको सकारात्मक भूमिका भएन, उल्टो राजनीतिक दलसँग झन दुरी बढाउने काम भयो, अब राजसंस्थाको स्थापना सम्भव छैन ।’

व्यक्तिगत रुपमा पूर्वराजाप्रति सम्मान भए पनि राप्रपा नेपालले राजसंस्थाको मुद्दालाई छोडिसकेको थापाको भनाइ छ । उनले राप्रपा र राप्रपा नेपालले राजसंस्थाको वकालत गर्दा पूर्वराजाले सकारात्मक भूमिका खेल्न नसकेको भनी आलोचना गरे । राज संस्थासँग धेरैको गुनासो नभए पनि राजा बन्ने पात्रहरू सम्झिदा अब सम्भव नभएकोले यो मुद्दालाई राप्रपा नेपालले छाडेको जिकीर थापाको छ । ढिलो चाँडो राजेन्द्र लेङ्देनलगायतका पनि राप्रपा नेपालको बाटोमा आउने दाबी थापाको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ