१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं बौद्धको गेस्ट हाउसमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

३१ जेष्ठ २०७९, मंगलवार ०६:५०

जेठ ३१, काठमाडौं | काठमाडौंको बौद्धमा एक २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । बौद्धस्थित लुङ्ता गेस्ट हाउसमा आइतबार राति ती युवतीलाई चार जना पुरुषले सामूहिक बलात्कार गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले घटनामा संलग्न तीन र होटल सञ्चालकसमेत गरी चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ का २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन् ।

२४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार, बौद्धबाट ४ जना पक्राउ « Khabarhub

यस्तै लुङ्ता गेस्ट हाउसका सञ्चालक सिन्धुपाल्चोक भोटेकोसी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई पनि प्रहरीले पक्राउ गरेको छ । ‘घटना भएको १६ घण्टाभित्र नै प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ, थप अनुसन्धान हुँदै छ,’ काठमाडौं प्रहरी प्रमुख गिरीले भने ।

प्रहरीले आरोपीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको हो । प्रहरीले पीडित युवतीलाई गेस्टहाउसबाट तत्काल उद्धार गरी थापाथलीस्थित प्रसूति गृहमा स्वास्थ्य परीक्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर