2026-06-16 11:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. छक्क भन्छन्– हुम्लामै बसेर सेवा गरिरहन पाउँ

जेठ ३१, सुर्खेत | भनिन्छ ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ कुनै पनि काम गर्न मनैदेखि इच्छा भए जस्तो सुकै अप्ठ्यारा समस्या पनि पूरा गर्न सकिन्छ । हुम्लाको दुर्गम ठाउँ सर्केगाड गाउँपालिका–४ दुलीका छक्क थापाले यो भनाइलाई प्रमाणित गरिदिएका छन् । जस्तो नाम उस्तै काम । उनले सबैलाई छक्क पर्ने काम गरेका छन् । 



२५ वर्षीय छक्क कक्षा एकदेखि एसएलसीसम्म गाउँकै विद्यालयमा पढे । जहाँ रहे पनि उनले मिहिनेतलाई भने आप्mनो दिनचर्या बनाए । अभावैअभाव र विकटताको भुँमरीकाबीच ०६८ सालमा उनले एसएलसी दिए । उनी सम्झन्छन्, ‘रातभर दियालो, झोरो, टुकी बालेर रात कटाउथ्यौं । तर मिहिनेत गर्न छाडिन ।’ पढाइमा निकै चासो र मिहिनत गर्ने उनी १ देखि १० कक्षासम्म सधै फस्ट सेकेण्ड भए । उनले एसएलसी पनि प्रथम श्रेणीमै पास गरे । उनको मिहिनेत र लगनशीलबाट उनी अहिले डाक्टार बनेका छन् । बिपी प्रतिष्ठान मेमोरियल कलेज धरानबाट उनले एमबीबीएस पास गरेका हुन् । 

हुम्लादेखि काठमाडौंसम्मको संघर्षदायी यात्रा

छक्कको हुम्लादेखि काठमाडौंसम्मको यात्रा निकै संघर्षदायी छ । शहर र मोटरगाडी कहिल्यै नदेखेका छक्कका लागि काठमाडौं पुग्नु मात्रै पनि सपना थियो । सपनामा मात्रै देखेका सहरका ठुला ठुला घर, चिल्ला सडक र गाडीमोटर काठमाडौंमा उनले आँखैअघि देखे । शहरमा भएर पनि उनी ठूलो मान्छे बनेर आफ्नै ठाउँमा कहिले फर्कन पाइएला भनेर सोचमग्न हुन्थे । उनीसँग सोच्नबाहेक अरु कुनै उपाय थिएन । घरको आर्थिक अवस्था कमजोर थियो । 

छक्कलाई डाक्टर पढ्न फलामको चिउरा चपाउनु जत्तिकै थियो । तर ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने जस्तै । घर वरपरका छरछिमेकबाट सय, हजार सक्ने जति सहयोग जुटाएर १६ वर्षीय छक्क पैदलै सुर्खेत पुगे । सुर्खेतदेखि बसमा काठमाडौँ पुगे । ‘सुर्खेत आउनुअघिसम्म नत कुनै मोटर देखेको थिए,’ उनले भने, ‘मेरा लागि सबै नयाँ थिए ।’ सर्केगाड–४ का दुलीका छरछिमेकले सहयोग जुटाएर बिदाई गर्दानै डाक्टर बनेर यो ठाउँमा आउनुपर्छ भनेर अठोट गरेको र जुन अहिले पूरा भएको उनले बताए । 

काठमाडौं पुग्दा आर्थिक समस्या 

छक्क काठमाडौं त पुगे तर गाउँमा जस्तै सहरका सबै मानिस मनकारी उनले पाएनन् । काठमाडौँ पुग्न जति कठिन थियो पुगेर पढ्न झनै गाह्रो भएको उनले सुनाए । उनले भने, ‘आर्थिक संकट त कति हो कति झेल्नु पर्याे । कहिले त बीचमै पढाइ छोडौं लाग्थ्यो । तर फेरि हुम्लाबासीको दुःख आँखामा आइहाल्थ्यो ।’ 

उनी पढाइ खर्च जुटाउन जागिर खोज्दै हिडे । लामो प्रयासपछि अन्तः एउटा एनजिओमा काम पाए । दिउँसो एनजिओका काम र साँझबिहान पढेर उनले लक्ष पूरा गरे । 

छक्कको लक्ष्य 

छक्कको लक्ष्य भनेको अब दुर्गम हुम्लाबासीका पीडामा मलम लगाउनु मात्रै हो । हरेक पाटोबाट विकट हुम्लाका बासिन्दका घाउमा मलम लगाउँदै दुर्गमलाई सुगम बनाउने उनको लक्ष्य छ । उनले भने, ‘मेरो एउटै लक्ष्य र उदेश्य भनेको हुम्लामै बसेर यहाँका मानिसको घाउमा मलम लगाउने हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ