असार १, काठमाडौँ | आज बिहान प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १ र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।
हाल देशको प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिम न्यून चापीय रेखाको प्रभाव रहेको छ।