१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा चार विद्यार्थी पक्राउ

१ असार २०७९, बुधबार ०२:३३

असार १, काठमाडौं | काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले सोही कलेजका चार जना विद्यार्थीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ,  रामेछापको मन्थली नगरपालिका घर भई हाल काठमाडौं डिल्ली बजार बस्ने १८ वर्षीय बिपिन खत्री,

ओखलढुङ्गाका मानेभञ्याङ्ग गाउँपालिका–६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतिक खतिवडा र काठमाडौं टोखा नगरपालिका–६ ढलमल वस्ने सञ्जिब भण्डारी रहेका छन्। पक्राउ परेकामध्ये बानियाँले सुरक्षागार्डमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरू सबै ट्रिनिटी कलेजमा मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए। 

मंगलबार दिउँसो कलेजका सुरक्षागार्डमाथि धारिलो हतियार प्रहार गरेको सूचनापछि प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनको उद्धार गरेको थियो। बायाँ कानमुनि चोट लागेका उनी मोडेल अस्पतालमा उचारपछि डिस्चार्ज भइसकेका छन्। उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ।

करिब १० दिन अगाडी कलेज प्राङ्गणमा बास्केटवल खेल्दा भएको विवादको विषयलाई लिएर कलेजमा मंगलबार दुई पक्षबीच झै-झगडा हुन लाग्दा सुरक्षा गार्डले छुट्याउने क्रममा उनीमाथि नै आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर