१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निहारिकाको विषय संसदमा प्रवेश : पीडितलाई न्याय र पीडकलाई सजाय दिन माग

१ असार २०७९, बुधबार ०९:१३

असार १, काठमाडौँ | आफूमाथि बलात्कार भएको र त्यसबाट जन्मेको बच्चा २१ महिना हुँदासमेत न्याय नपाएको भन्दै काठमाडौंमा ६ दिनदेखि आमरण अनशनमा बसेकी महोत्तरीकी निहारिका राजपुतको विषय संसदमा प्रवेश गरेको छ ।

स्थानीय प्रशासन, जिल्ला अदालत र उच्च अदालतबाट समेत न्याय नपाएको भन्दै पाँच बुँदे माग राखेर निहारिकका आमरण अनशन बसेको बुधबार छैटौँ दिन हो । छैटौँ दिनका दिन बुधबार बसेको प्रतिनिधिसभामा सांसद थममाया थापाले निहारिकालाई न्याय दिन सदन र सरकारको ध्यानाकर्षण गराइन् ।

‘१७ वर्षको हुँदा नशालु पदार्थ खुवाएर शिवराम श्रेष्ठले बलात्कार गरेको र सो बलात्कारबाट रहेको गर्भबाट जन्मिएको बच्चा २१ महिना भइसकेको छ । तर, उनले न्याय पाइनन्,’ बैठकमा उनले भनिन्, ‘ यही विषयमा राज्यका सबै संयन्त्रमा न्यायको भीख माग्दा न्याय पाइनन् । उनी अहिले राजधानीमा काखमा दूधे बालक च्यापेर न्यायको भीख मागिरहेकी छिन् । आमरण अनशन बसिरहेकी छन् । जुन राज्यका लागि लाजमर्दो घटना हो ।’

निहारिकाको पाँच बुँदे माग यथाशीघ्र सम्बोधन गरेर उनलाई न्याय दिन र पीडकलाई कारबाही गर्न उनले माग गरिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर