१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धन इमानदार देखिएन: नेपाल

१ असार २०७९, बुधबार ०९:४२

असार १, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन समीक्षा गर्दै गठबन्धन इमानदार नभएको निष्कर्ष निकालेको छ। गठबन्धन गर्न नचहाने र गठबन्धन भएपनि कतिपय स्थानमा कार्यान्वयन नभएका कारण इमानदार नभएको निष्कर्ष निकालिएको हो।

मंगबारबाट सुरु भएको नेकपा एस पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले गठबन्धनमा समस्या रहेको उल्लेख गर्दै समीक्षात्मक प्रतिवेदन पेश गरेका छन्। अध्यक्ष नेपालले १३ पेज लामो चुनावी समीक्षात्मक प्रतिवेदन पेश गर्दै पार्टीभित्र र गठबन्धनभित्रका समस्या रहेको जनाएका हुन्।


उनले तयार पारेको प्रतिवेदमा एस पार्टीका उम्मेदवारहरूले प्राप्त गरेको कुल मत ९ लाख २३ हजार २१९ रहेको र त्यमध्ये आधा गठबन्धनको भए पनि पाँच लाख आफ्नै भएको दावी गरिएको छ। ‘यो मतमध्ये आधा गठबन्धनका अन्य दलहरूको र आधा मात्रै हाम्रो मान्ने हो भने पनि करिव पाँच लाख मत हामीले प्राप्त गरेका छौं,’ प्रतिवेदनमा छ। उनले निर्वाचनमा तीनथरी समस्या देखापरेको भन्दै पहिलो गठबन्धनभित्रका समस्या, दोस्रो आफ्नै पार्टीभित्रका समस्या र तेस्रो प्राविधिक एवं प्रशासनिक समस्या उठाएका छन्।

‘पहिलो, गठबन्धन गर्न नै नचाहने। दोस्रो, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने। तेस्रो, गठबन्धनभित्र उपगठबन्धन गर्ने। चौथो, गठबन्धन भएका स्थानमा इमान्दारीपूर्वक भोट नहाल्ने। पाँचौं, गठबन्धन बाहिरका दलसँग चुनावी तालमेल गर्ने। छैठौं, गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर हुनु। सातौं, गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहनु’, नेपालको प्रतिवेदनमा भनिएको छ।

उनले माओवादी र कांग्रेस दुवैमा यस खालको प्रवृत्ति देखिएकाले समस्या उत्पन्न भएको बताएका छन्। बैठकमा सातवटै प्रदेशबाट वेग्लै समीक्षा प्रतिवेदन पेश गरिएको छ। बैठक बुधबार पनि बस्ने भएको छ। बुधबार झलनाथ खनालले पेश गरेको प्रतिवेदनमाथि छलफल हुने पार्टीका महासचिव वेदुराम भुसालले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल