१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् जोखिमपूर्ण स्थानको प्राविधिक अध्ययन गरिने

२ असार २०७९, बिहीबार ०६:३१

असार २, काठमाडौं | राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको अवस्था र तत्काल गर्नुपर्ने कार्य समेतका आधारमा प्राथमिकीकरण गरी विपद् जोखिमपूर्ण स्थानको प्राविधिक अध्ययन गर्ने भएको छ । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । 

यस्ता ठाउँको अध्ययन गर्न विपद् व्यवस्थापन कोषको रकम समेत परिचालन गर्ने निर्णय बैठकले गरेको छ । 

कोषबाट मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा उल्लेख भएका मनसुनका कारण बाढी र पहिरोको उच्च जोखिम रहेका जिल्लाहरुमा बढीमा ७ लाखसम्म र अन्य जिल्लाहरुमा बढीमा ५ लाखसम्म जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइने भएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सम्बन्धित मन्त्रालय र विभागहरुसँग समन्वय गरी सडक निर्माणपूर्व सडकको वर्गीकरणका आधारमा विपद् जोखिम आँकलन गर्ने कार्यविधि तर्जुमा गर्ने जिम्मेवारी पनि दिएको छ ।  

बैठकले विपद् व्यवस्थापन कोष सञ्चालनका लागि आवश्यक संशोधन गर्ने भएको छ । संशोधन स्वीकृतिको लागि गृह मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार