2026-06-16 11:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसपीपीमा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा

असार २, काठमाडौं | स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) मा साझेदारीका लागि नेपाली सेनाले अमेरिकालाई पत्र पठाएको खुलासा भएको छ । सन् २०१५ अगस्ट २७ मा तत्कालिन नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गरेर पत्र पठाएको खुलासा भएको हो ।


यसअघि नेपाली सेनाले एसपीपी सम्झौताको प्रक्रियामा नेपाली सेना सहभागी नभएको र नहुने दावी गर्दै आएको थियो । तर बिहीबार सेनाले पठाएको पत्र सार्वजनिक भएसँगै नेपाली सेनाले दावी खण्डित हुन पुगेको छ । एसपीपीमा नेपालको संलग्नता नभएको सरकार र सेनाको दावी भइरहेका बेला सेनाले पठाएको पत्र नै सार्वजनिक भएपछि यो विषयमा नयाँ ट्वीस्ट आएको छ ।

बुधबार साँझ मात्रै नेपाली सेनाले विज्ञप्ति जारी गर्दै एसपीपी सम्बन्धी कुनैपनि सम्झौता र समझदारी नभएको दावी गरेको थियो । बिहीबारै प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँणले पनि सरकार एसपीपीमा सहभागी नभएको र नहुने बताएका थिए । तर एसपीपी सम्झौताका लागि अमेरिकालाई एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएपछि पत्र पठाएको देखिन्छ ।

उनी सन् २०१५ अगस्ट ११ मा प्रधानमन्त्री भएका थिए । सेनाले अमेरिकालाई पठाएको पत्रमा सोही महिनाको २७ तारिखको मिति छ । ओलीभन्दा अघि काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका थिए ।  

के छ पत्रमा?

मिति : २०७२ कार्तिक १० (२७ अक्टोबर २०१५)

महामहिम एलेना पी टेपलिज

राजदूत, संयुक्तराज्य अमेरिका

महाराजगञ्ज, काठमाण्डौं ।

विषय : नेशनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम

१.नेपाल सरकारको निर्देशन बमोजिम नेपालको लागि निकट भविष्यमा ‘नेशनल गार्ड स्टेट पार्टनरसीप प्रोग्राम (एनजीएसएसपी)’ स्थापनाको औपचारिक अनुरोध गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो । 

२.सैन्य सीप तथा अनुभव आदानप्रदान गर्न, प्रतिरक्षा ज्ञान साझेदारी गर्न, साझेदारी क्षमता अभिवृद्धि गर्न र आपसी सुरक्षा सहयोगलाई अगाडि बढाउन यो कार्यक्रमले  दीर्घकालीन, स्थायी तथा आपसी फाइदाको सुरक्षा सम्बन्ध विकास गर्नेछ भन्ने बलियो विश्वास गरिएको छ । कार्यक्रमले विपद तयारी, संकट व्यवस्थापन, हवाई लजिष्टिक, महत्वपूर्ण पूर्वाधार र प्राकृतिक स्रोतको सुरक्षा, व्यवसायीकरण र अफिस/एनसीओ विकासजस्ता साझा रुचीको क्षेत्रमा सहयोग प्रदान गर्नसक्छ । 

३. नेपाली सेना यस अवसरमा काठमाडौंस्थित संयुक्तराज्य अमेरिकाको दूतावासलाई यो विषयमाथि उच्च ध्यान पुर्याउन पुनः अवगत गराउँछ । 



                                                                                                                                                                हस्ताक्षर

                                                                                                                                                              (राजेन्द्र क्षेत्री)

                                                                                                                                                                 जनरल

 बोधार्थ:                                                                                                                                             चिफ अफ आर्मी स्टाफ, नेपाली सेना

नेपाल सरकार,                                                                                                                             

रक्षा मन्त्रालय

सिंहदरबार, काठमाण्डौं । 

नेपाल सरकार 

परराष्ट्र मन्त्रालय


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ