१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पराराष्ट्रमन्त्रीलाई भीम रावलको सुझाव- सैन्य गठबन्धनमा छैनौँ भनेर अमेरिकालाई पत्र लेख्नुहोस्

३ असार २०७९, शुक्रबार ०६:२२

असार ३, काठमाडौं | नेकपा एमालेका नेता भीम रावलले नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन भनेर अमेरिकालाई पत्र लेख्न सरकारलाई आग्रह गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) का बारेमा धारणा राख्दै रावलले परराष्ट्र मन्त्री नारायण खडकामार्फत सरकारलाई सो आग्रह गरेका हुन् ।


‘परराष्ट्र मन्त्रीले एसपीपी (स्टेट पार्टनरसिप प्रोगाम) एसपीपी आईपीएसको अंग होइन, यसको च्याप्टर क्लोज भईसकेको त भन्नु भयो । तर, अमेरिकन मन्त्रालयको वेबसाइटमा भने हो भनेर उल्लेख छ, अमेरिकन वेबसाइट भन्दा यहाँ कोही प्रवक्ता हुन सक्छ ? अमेरिका कार्यक्रममा अमेरिका भन्दा जान्ने हामी को ?’ रावलले प्रश्न गर्दै भने, ‘त्यसैले अमेरिकालाई पत्र पठाएर नेपाल सैन्य गठबन्धनमा सहभागी हुने छैन, यो अस्वीकार्य छ भनेर पत्र लेख्नुहोस् ।’

‘एसपीपी कार्यक्रमा ‘अमूक देश’सँग सशक्त रुपमा लड्नुपर्छ भनेर भनेको छ, यस्तो प्रस्ताव कहाँबाट आयो ? हामी स्थल सेना हौ ? अब त्यता नजाउ भनेर हुन्छ ? जानुपर्ने हुन सक्छ,’ रावलले अझ अगाडि भने, ‘त्यसैले नेपालले त्यस्तो सहायता चाहिँदैन भनेर परराष्ट मन्त्रीले खै पत्र पठाएकोे ? पठाउनुपर्छ ।’

एसपीपीका बारेमा अलग्गै संसदीय छानबिन समिति बनाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने रावलले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर