2026-06-17 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी वकिल सरुवा प्रकरण : शक्तिको आडमा न्याय नबेचिओस् :- सांसद विक

असार ३, काठमाडौं | बलात्कार मुद्दा कमजोर बनाउन नमानेको भन्दै सरकारी वलिकको सरुवा गरिएको विषय संघीय संसदमा पनि उठेको छ। नेकपा एमालेकी सांसद आशाकुमारी विकले मुद्दा कमजोर बनाउन नमान्दा जिल्ला सरकारी वलिक कार्यालय ललितपुरबाट सहन्यायाधिवक्ता संगीता थोकरको सरुवा भएको भन्दै आपत्ति जनाइन्।

बलात्कार मुद्दा कमजोर बनाउन नमानेपछि सरकारी वकिलको सरुवा – Online Khabar

उनले भनिन्, ‘बलात्कार मुद्दा हेरिरहेकी थोकरलाई मुद्दा कमजोर बनाउन नमानेको भन्दै बिहीबार सरुवा गरिएको छ। महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा कमजोर बनाउन पटक–पटक आएको दबाब नमान्दा सरुवा भएको छ। यो विषयमा छानबिन होस्।’ 

सांसद विकले आरोपित व्यक्ति अहिलेका बहालवाल मन्त्रीका एक व्यवसायिक साझेदार भएकै कारण बालिकालाई समेत होस्टायल उल्लेख गरिन्।  ‘तत्काल यो घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाईयोस्। शक्तिको आडमा न्याय नबेचिओस्’ विकले भनिन् । 

कन्चनपुरको भीमदत्त नगरपालिका–४ स्थायी ठेगाना भइ ललितपुर इमाडोलस्थित ग्रिनहिल सिटी बस्ने ३६ वर्षीय सुशील चटौतविरुद्ध बलात्कार मुद्दा चलेको थियो। चटौतले आफ्नो घरमा आफ्नै संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले मुद्दा दायर गरेको थियो।

उक्त मुद्दा हेरेकी थोकरलाई मुद्दा कमजोर बनाउन भन्दै महान्यायाधीवक्ता कार्यालयबाट आएको दबाब नमान्दा बिहीबार बिहीबार मात्रै उनको हेटौडास्थित बागमती प्रदेश सरकारअन्तर्गतको मुख्य न्यायाधिवक्ताको कार्यालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ