Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जन्ती बोकेको जीप दुर्घटना, ६ जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ५, सल्यान | सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४  देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ ।