१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै स्थानमा सात जना मृत अवस्थामा फेला

५ असार २०७९, आईतवार ०९:२४

असार ५, काठमाडौं | सुनसरी, नवलपरासी (पश्चिम), सप्तरी, नवलपरासी (पूर्व), रुपन्देही, मकवानपुर र तनहुँमा सात जना मृत अवस्थामा फेला परेका छन् । 

सुनसरीको कोशी गाउँपालिका–८ स्थित कोशी नदीको किनारामा रामधुनी नगरपालिका–१ बस्ने ६६ वर्षीय परशुराम खड्का आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी(पश्चिम)को सुनवल नगरपालिका–१० भुजुवा टोलस्थित तुरिया खोलाको बगरमा सोही नगरपालिका–३ बस्ने ५५ वर्षीय दीपक भुषाल शनिबार मृत अवस्थामा फेला परेका छन् । 

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना चोकस्थित ना.६ ख ३३७२ नम्बरको ट्रकभित्र सुतिरहेका सोही ट्रकका चालक सुनसरी रामधुनि ननगरपालिका–२ झुम्का बस्ने ४० वर्षीय बसन्त चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् । 


नवलपरासी(पूर्व)को देवचुली नगरपालिका–९ मिलनटोलस्थित मकैबारीमा कावासोती नागरपालिका–१२ बस्ने ६२ वर्षीय रुप बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् । 

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित निर्माणधिन घर नजिक सडक छेउमा घर बनाउने लेवर काम गर्ने बर्दिया राजापुर नगरपालिका–२ घर भएका ३० वर्षीय तुल्सीराम थारु आइतबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटारस्थित पाँचचर सामुदायिक जंगलमा हाल पहिचान नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

तनहुँको आबुखैरेनी गाउँपालिका–२ मार्की चोकस्थित मस्याङ्दी नदीको ड्याममा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अँवस्थामा फेला परेका छन् । 

सबै घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस