१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान बस्दै आएकी महिलाको नक्कली मृत्युदर्ता र श्रीमान खडा गरी ११ आना जग्गा बिक्री

५ असार २०७९, आईतवार ११:५६

असार ५, काठमाडौं | जापानमा बस्दै आएका व्यत्तिको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर ११ आना २ पैसा बिक्री गरेको खुलेको छ। २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा एक गिरोहले नक्कली मृत्युदर्ता बनाएर बिक्री गरेको पाइएको हो। 

उक्त घटनामा संलग्न पाँच जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ। 


सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार शान्तिदेवीको मृत्युदर्ताको प्रमाणपत्र मात्रै नभइ नक्कली श्रीमानसमेत खडा गरेर जग्गा बिक्री गरेको पाइएको छ। 

जग्गाधनि शान्तिदेवी नेपाल आएका बेला गत जेठ १३ गते मालपोत कार्यालयमा बायोमेट्रिक गर्न गएकी थिइन्। सक्कली लालपूर्जा बोकेर गएकी लोहनीले मालपात पुगेपछि मात्रै आफ्नो जग्गा बिक्री भइसकेको जानकारी पाइन्। यसरी आफ्नो नक्कली मृत्युदर्ताको प्रमाणपत्र र नक्कली श्रीमान खडा गरी जग्गा बिक्री गरेको पाइएपछि उनी प्रहरीकहाँ पुगेकी थिइन्। 

उक्त प्रकरणमा संलग्न भएको आरोपमा सीआइबीले दार्चुलाको मलिकार्जुन गाउँपालिका–७ घर भई हाल काठमाडौंको टोखा–८ बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भइ हाल ललितपुरको सुनाकोटी बस्ने ४१ वर्षीय गणेशबहादुर खनाल, सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका १ घर भइ हाल बुढानिलकण्ड–२ बस्ने बाबुराम काकी सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका १ घर भइ हाल बुढानिलकण्ड–२ बस्ने ४० वर्षी बाबुराम काकी, नुवाकोटको तारकेश्वर गाउँपालिका–१ घर भइ हाल काठमाडौं–१६ बस्ने ४६ वर्षीय प्रेमप्रसाद खनाल र काठमाडौं–१६ की ५६ वर्षीय ममता भनिने डासीमाया श्रेष्ठ रहेकी छिन्।

पक्राउ परेकामध्ये गणेशबहादुर खनालले शान्तदेवीका नक्कली श्रीमान तारानिधि लोहनीको भूमिका निभाएका थिए। लोहनी विगत २४ वर्षदेखि जापानमा बस्दै आएकी छिन्। नेपाल आएका बेला उनले उक्त जग्गा २०६१ साल माघ १३ गते खरिद गरेकी थिइन्। 

बायोमेट्रिक गर्नेक्रममा शान्तादेवी लोहनीको नामबाट मृत्यु नामसारी भई २०७७ पुस १५ गते उनका श्रीमान तारानिधि लोहनीको नाममा गएको र त्यसपछि पनि तारानिधि लोहनीको नामबाट सोही वर्षको फागुन १० गते सुनिता कर्माचारीको नाममा गएको मालपोत कार्यालयले जानकारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ