2026-06-17 12:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको मन्त्री फेर्ने निर्णयमा अवरोध बन्दै देउवा र प्रचण्ड

असार ६, काठमाडौं | असार १ गते नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनीहरुको ठाउँमा नयाँ नाम सिफारिस समेत गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री हेरफेर गर्न अस्वीकार गरे । त्यसपछि समाजवादीबाट सिफारिसमा परेका मन्त्रीहरुले सपथ लिन पाएनन् ।


यो विषयमा प्रधानमन्त्री देउवा र समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच चर्काचर्की समेत भयो । तर, देउवा तत्काल मन्त्री नफेर्ने अडानबाट पछि हटेनन् । जसले गर्दा समाजवादीको मन्त्री फेर्ने निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकिरहेको छैन् । देउवाको उक्त कदममा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि साथ छ ।

आइतबार सत्ता गठबन्धनका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा पनि यो विषय उठेको थियो । अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई मन्त्री फेर्ने निर्णय कार्यान्वयन गर्न पुनः ताकेता गरे । तर, देउवाले मानेनन् ।

यो विषयमा देउवा र प्रचण्डले एक अर्कालाई कारण बताइरहेका छन् । अध्यक्ष नेपालका अनुसार प्रधानमन्त्री देउवा माओवादी केन्द्र अध्यक्ष प्रचण्डका कारण मन्त्री हेरफेर गर्न नसकिने बताइरहेका छन् । आफुसँगको भेटमा देउवाले माओवादीका साथीहरुले पनि अब त्यस्ता मागहरु आफ्नो पार्टीभित्रबाट पनि आइरहेको भन्दै केही दिन पर्खिदिनुपर्यो भनेको अध्यक्ष नेपालको भनाई छ ।

अध्यक्ष नेपाललाई देउवा र प्रचण्डले साथ नदिँदा मन्त्री फेरबदलबारे केही निर्णय गर्न सक्ने अवस्थामा छैनन् । संसदीय प्रणालीमा मन्त्री हेरफेर गर्ने निर्णय सम्बन्धित पार्टीलाई हुन्छ । तर, प्रधानमन्त्री देउवाले सहयात्री दलको निर्णयलाई लत्याउँदै आएका छन् ।

नेपालकोसँगको अनौपचारिक छलफलका क्रममा प्रधानमन्त्री देउवाले अहिले नै मन्त्री हेरफेर गर्न खोजियो भने आफ्नो पार्टी नेपाली कांग्रेसभित्र पनि विवाद हुने बताएका थिए ।

एकीकृत समाजवादीले देउवा सरकारमा ५ मन्त्री र एक राज्यमन्त्री सहभागी छन् । चार जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको थियो । तर, देउवाले अस्वीकार गर्दा अन्तिममा आएर उनीहरुको सपथ कार्यक्रम रोकिएको थियो । समाजवदाीको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सहभागी छन् । पछि कानूनमन्त्री बनेका शर्मा र राज्यमन्त्री खापुङ बाहेक अन्य चारजनालाई फेरेर उनीहरूको स्थानमा जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर, मेटमणि चौधरी र हिराचन्द्र केसीलाई पठाउने पार्टीले सिफारिस गरेको थियो ।

स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई बढुवा गरेर स्वास्थ्य मन्त्री बनाउन एकीकृत समाजवादीले सिफारिस गरेको थियो । तर, नयाँ मन्त्रीहरुले दौरा सुरुवालसमेत सिलाइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले गठबन्धनकै साझेदार दलको निर्णय कार्यान्वयनमा अटेरी गरेका हुन् । जसले गर्दा सत्ता गठबन्धनसँग समाजवादी पार्टी असन्तुष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ