१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री पत्नी आरजुलाई बालेनको घुमाउरो जवाफ

७ असार २०७९, मंगलवार ०६:१६

असार ७, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई जवाफ फर्काएका छन् । देउवाकी पत्नी आरजुले निर्वाचनमा सामाजिक सञ्जाल परिचालन गरेर काठमाडौंको मेयर बनेको आरोप लगाएपछि त्यसको जवाफ रमाइलो गरी बालेनले फर्काएका छन् ।


मेयर बालेनले आफ्नो चुनाव खर्च सार्वजनिक गर्दै सामाजिक सञ्जालमा खर्च शुन्य देखाइदिएका छन् । सोमबार बालेनले चुनावी अभियानमा प्रचारप्रसारका क्रममा आफ्नो तीन लाख ९४ हजार खर्च भएको जानकारी दिएका छन् । उनले सार्वजनिक गरेको खर्चको विवरणमा सामाजिक सञ्जालको खर्च शुन्य देखाइएको छ ।

सोमबार नै नेपाल तरुण दलले कास्कीमा आयोजना गरेको कार्यक्रममा राणाले स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै भनेकी थिइन् – ‘अरुले भनेको पछिपछि लाग्ने नेता हो कि रु विचार दिने नेता हो कि रु मान्छेहरुलाई संगठित गर्न सक्ने नेता हो कि ? ’

उनले बालेनले उक्त पेजलाई किनेको दाबी गर्दै भनेकी थिइन् – ‘बालेन साहको सोसल मिडिया तपाईंले हेर्नु भएको छ ? उहाँले रुटिन अफ नेपाल बन्द कतिमा कन्सल्टेन्सी हायर गर्नुभयो ? ’

उनको यसैको जवाफमा बालेनले सामाजिक सञ्जालको खर्च शुन्य देखाइदिएका हुन् । खर्च विवरण सार्वजनिक गर्दै बालेनले भने – ‘एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ