2026-06-16 11:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री पत्नी आरजुलाई बालेनको घुमाउरो जवाफ

असार ७, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई जवाफ फर्काएका छन् । देउवाकी पत्नी आरजुले निर्वाचनमा सामाजिक सञ्जाल परिचालन गरेर काठमाडौंको मेयर बनेको आरोप लगाएपछि त्यसको जवाफ रमाइलो गरी बालेनले फर्काएका छन् ।


मेयर बालेनले आफ्नो चुनाव खर्च सार्वजनिक गर्दै सामाजिक सञ्जालमा खर्च शुन्य देखाइदिएका छन् । सोमबार बालेनले चुनावी अभियानमा प्रचारप्रसारका क्रममा आफ्नो तीन लाख ९४ हजार खर्च भएको जानकारी दिएका छन् । उनले सार्वजनिक गरेको खर्चको विवरणमा सामाजिक सञ्जालको खर्च शुन्य देखाइएको छ ।

सोमबार नै नेपाल तरुण दलले कास्कीमा आयोजना गरेको कार्यक्रममा राणाले स्वतन्त्र उम्मेदवारप्रति लक्षित गर्दै भनेकी थिइन् – ‘अरुले भनेको पछिपछि लाग्ने नेता हो कि रु विचार दिने नेता हो कि रु मान्छेहरुलाई संगठित गर्न सक्ने नेता हो कि ? ’

उनले बालेनले उक्त पेजलाई किनेको दाबी गर्दै भनेकी थिइन् – ‘बालेन साहको सोसल मिडिया तपाईंले हेर्नु भएको छ ? उहाँले रुटिन अफ नेपाल बन्द कतिमा कन्सल्टेन्सी हायर गर्नुभयो ? ’

उनको यसैको जवाफमा बालेनले सामाजिक सञ्जालको खर्च शुन्य देखाइदिएका हुन् । खर्च विवरण सार्वजनिक गर्दै बालेनले भने – ‘एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ