2026-06-17 12:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी डलर भन्दै कागजको पोको दिएर ८ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

असार ७, काठमाडौं | अमेरिकी डलर भन्दै एक व्यक्तिलाई कागजको पोको दिएर ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका– ९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ छन्। प्रहरीले गरेको अनुसन्धानका क्रममा अमेरिकी डलर भनेर कागजको पोको दिएर फरार भएका व्यक्ति कुमार श्रेष्ठ भएको खुलेको थियो। 


प्रहरीका अनुसार गत जेठ १७ गते सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ४ घर भइ ललितपुरको नख्खु बस्ने ६२ वर्षका एक पुरुषलाई कलंकीको सीता पेट्रोल पम्पनजिक एक व्यक्तिले डलर साट्ने भन्दै प्लास्टिकको थैलीमा अमेरिकी डलर जस्तो देखिने बण्डल दिएका थिए। 

 आफ्नी आमा गम्भीर बिरामी परेको र उपचारका लागि पैसाको खाँचो परेकाले आफूसँग अमेरिकी डलर मात्रै भएको भन्दै ती व्यक्तिले ६२ वर्षीय पुरुषसँग ८ लाख रुपैयाँ लिएर डलरजस्तो देखिने कागजको बण्डल दिएका थिए। खोलेर हेर्दा डलर भनिएको बण्डलमा कागज मात्रै देखिएपछि पीडित पुरुषले प्रहरीलाई खबर गरेका थिए। 

घटना भएको ३ सातादेखि फरार रहेका कुमारलाई प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले असार ३ गते काठमाडौंको कलंकीबाट नै पक्राउ गरेको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ