असार ७, काठमाडौं | पूर्व सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेको सन्दर्भमा सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाउँदै थापाले स्वतन्त्र नामबाट दल दर्ता गर्न निर्वाचन आयोगले अस्वीकार गर्नुपर्ने बताएका हुन् ।
लामिछानेले मंगलवार राष्ट्रिय सभागृहमा विशेष सभा गर्दै राष्ट्रिय स्वतन्त्र दल गठनको घोषणा गरेका थिए । लामिछानेले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।
'कानूनत: स्वतन्त्र उम्मेदवारी व्यक्तिको सार्वभौम अधिकार हो । व्यक्तिले दलमा लाग्दिनँ भनेर स्वतन्त्र रूपमा निर्वाचन लड्न र जित्न पाउनेगरी कानुनले सुरक्षित गरेको अधिकार छिनेर स्वतन्त्र पार्टी गठन गरिनु कानुनविपरीत हो । स्वतन्त्र उम्मेदवारीमा नै भ्रम र अन्योल उत्पन्न हुनेगरी कसैले पनि पार्टी बनाउन खोज्छ भने निर्वाचन आयोगले दर्ता गर्नुहुँदैन, सन्दर्भ – राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा,' थापाले फेसबूकमा लेखेका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छँदा ओलीको प्रेस सल्लाहकार थिए ।