२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

राइनासको मध्यपहाडी लोकमार्गको पहिरो हटाउन स्थानीयको सक्रियता

११ असार २०७९, शनिबार ०३:२२

असार ११, लमजुङ | मध्यपहाडी लोकमार्गअन्तर्गत राइनास नगरपालिकाभित्र पर्ने सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो स्थानीय आफैले हटाउन थालेका छन् । पहिरोले सडक अवरोध एवं जोखिम बनाएको वर्षौ हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेपछि पहिरो फाल्ने तथा सडक सरसफाईका लागि स्थानीय आँफै खटिएका हुन् । 

राइनासका स्थानीय एवं सामाजिक अभियान्ता कृष्णराज ओलियाको अगुवामा विभिन्न व्यक्तिहरुको सहयोगमा जनस्तरबाट सडक सफाई अभियान तथा पहिरो पन्छाउने काम भएको हो । वर्षाका कारण सडक जीर्ण र जोखिम हुँदा पनि सम्वन्धित निकायबाट समाधानको लागि कुनै पहल नभएपछि समाजिक अभियान्ता ओलियाले समाजिक सञ्जालबाटै सडक सफाई अभियानमा जुट्न आव्हान गरेका हुन् । 

मध्यपहाडी लोकमार्गको पाउँदी पुल नजिकै हर्राबोटबाट सुरु  भएको सडक सफाई अभियान हर्राबोट प्यारजुङ सडक खण्डको सात ठाउँमा खसेको पहिरो पन्छाइएको ओलियाले जानकारी दिए । सो स्थानमा गत वर्ष असारमा पहिरोको कारण पुरै वाटो अवरुद्ध भएको थियो ।

तत्कालै पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने वनाइ पनि सडकको आधाभन्दा बढी स्थानमा खसेको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सडकमै माटौ थुप्रिएर वसेको थियो । सडकखण्डअन्तर्गत अन्य स्थानमा खसेको पहिरो पन्छाउने तथा थुनिएका नाली सफाईलाई निरन्तरता दिने समाजिक अभियान्ता ओलियाले वताए । 

राइनास नगरपालिकाअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा अन्य सडक मार्गमा एक वर्ष अगाडिदेखि गएको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदिँदा सवारी आवागमनमा समस्या झेल्नुपरेको थियो । यसवर्ष पुन निरन्तर वर्षाले पहिरो खस्ने तथा सडकमा लेदो थुप्रिएकाले सवारी सञ्चालनमा समस्या हुन थालेपछि सडक सफाईमा जुटेको अभियान्ता ओलियाले बताए । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ