१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यात्रा गर्दै हुनुहुन्छ, बाढी र पहिरोका कारण आज यी सडक छन् अवरुद्ध

१५ असार २०७९, बुधबार ०६:२५

आज १५ असार । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण आज देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवमगन प्रभावित भएका छन् ।

उदयपुरको चादण्डीगढी नगरपालिका–१० र खैराझोडा–९ ज्यामिरे खोलामा आएको बाढी सडकमै बगेका कारण आज बिहान ५ बजे बाट सवारी आवागमन प्रभावित भएको छ ।


अविरल वर्षाको कारण उदयपुरको कटारी नगरपालिका–१४ वनडाँडामा पहिरो खसेकाले आज बिहान पौने ६ बजेबाट सिद्धिचरण राजमार्गमा सवारी आवागमन प्रभावित भएका छन् ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ लोचनमा पनि पहिरो खस्दा बुङ–सोताङ सडकखण्ड अवरुद्ध भएको छ । पहिरो हटाउन तत्काल सम्भव नभएको प्रहरी चौकी बुङ सोलुखुम्बुले जनाएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ ब्रम्हानन्द खोला स्थित सडकमा आज बिहान वर्षाको कारण भरेको पहिरोले सडक पुरिदा चतरा–बराहक्षेत्र सडकखण्ड अवरुद्ध भएको छ । 

वागमती प्रदेशको वि.पि राजमार्ग अन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका–५ सोला भञ्ज्याङमा आज बिहान खसेको पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । 

मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीकै गोलान्जोर गाउँपालिका–६ अकरे भिरमा लेदो मोटो सहितको पहिरो झरेका कारण सडक अवरुद्ध रहेको छ । 

धादिङ–मुग्लिङ सडकखण्डको धोप्टे भिर र नाग्दी खोलामा सवारी साधन एक लेनमा चलिरहेका छन् । आज बिहान ढुङ्गा माटो सहित झरेको पहिरो एक लेन पन्छाएसँगै सवारी साधन एक लेनमा सञ्चालनमा आएका हुन् । 

मुग्लिङ–नारायणगढ सडकखण्डमो टोपे खोलामा पनि सवारी साधनलाई एक लेनमा आलो पालो चलाइएको छ । मुग्लिङ–पोखरा सडकण्डको तीन छुट्टाछुट्टै स्थानमा पहिरो खसेका कारण दुई तर्फी सवारी आवागमन प्रभावित भएका छन् ।

नवलपरासी पुर्व विनयी त्रिवेणी गाउँपालिका स्थित खहरेखोला र मध्यविन्दु नगरपालिका–१० स्थित सानो तथा ठुलो खहरे खोलामा बनाईएको तीन ओटा डाइभर्सन गएरातीको पानीले बगाएको छ । डाइभर्सन बगाउँदा पुर्व–पश्चिम राजमार्गमा सञ्चालन हुने सवारी साधन आवागमन प्रभावित भएको छ ।

अविरल वर्षाको कारण लमजुङको बेसीशहर नगरपालिका–१ उदिपुरस्थित उदिपुर–आर्मी क्याप हुँदै हाइवे निस्कने डाइभर्सनमा आज बिहान पहिरो खसेका कारण सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । 

लमजुङको डुम्रे–बेशीशहर सडकखण्ड अन्तर्गत रहेको उक्त सडकबाट मनाङ– वेशीशहर जाने आउने गरिन्छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लम्जुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ