2026-06-16 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

असार २२, काठमाडौँ | कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुने गरेको छ । धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ । 

हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ । 

भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको तथ्याङ्कअनुसार बितेको एघार महिनामा भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो आएको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा विश्वका १३ वटा देशबाट नेपालले ९४ लाख ३ हजार रुपैयाँको सियो आयात गरेको थियो । सो मूल्यमा २१ हजार ४८७ केजी सियो नेपाल भित्रिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ