१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सियो पनि बन्दैन नेपालमाः एघार महिनामा एक करोड ३० लाखभन्दा बढीको सियो भित्रियो

२२ असार २०७९, बुधबार १०:०७

असार २२, काठमाडौँ | कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुने गरेको छ । धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ । 

हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट १ करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ । 

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ । 

भारतदेखि अमेरिकासम्मबाट नेपालमा सियो आउने गरेको छ । विभागको तथ्याङ्कअनुसार बितेको एघार महिनामा भारत, क्यानडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, बेलायत र अमेरिकाबाट नेपालमा सियो आएको छ । 

गत आर्थिक वर्ष २०७७/७८ मा विश्वका १३ वटा देशबाट नेपालले ९४ लाख ३ हजार रुपैयाँको सियो आयात गरेको थियो । सो मूल्यमा २१ हजार ४८७ केजी सियो नेपाल भित्रिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ