२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

वन्यजन्तु पीडितले पाए १६ लाखभन्दा बढी राहात

२०७९, २३ असार बिहीबार ०८:५७

असार २३, लमजुङ | पछिल्लाे १० वर्षमा लमजुङमा वन्यजन्तुबाट पीडित भएकाहरूले १६ लाखभन्दा बढी राहत रकम पाएका छन् । वन्यजन्तुको आक्रमणबाट मानवीय तथा पशुधनमा क्षति पुगेपछि डिभिजन वन कार्यालय लमजुङले सम्बन्धित व्यक्तिहरूलाई सो रकम राहत उपलब्ध गराएको हो ।

कार्यालयले आर्थिक वर्ष ०६९/७० देखि चालु आर्थिक वर्ष ०७८/७९ सम्मको अवधिमा १६ लाख चार सय २६ रुपैयाँ राहत रकम वितरण गरेको जनाएको हो ।

कार्यालयका अनुसार पछिल्लो १० वर्षको अवधिमा वन्यजन्तुका आक्रमणबाट पशुधन क्षति भएका पीडित परिवारलाई १२ लाख ९७ हजार तीन सय ७५ रुपैयाँ राहत वितरण गरेको छ भने मानवीय क्षतितर्फ तीन लाख तीन हजार ५१ रुपैयाँ राहात उपलब्ध गराएको छ । डिभिजन वन कार्यालय लमजुङको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष ०७१/७२ बाहेक सबै वर्षमा वन्यजन्तुले पशुधनमा क्षति पुर्‍याएको छ । त्यसैगरी आर्थिक वर्ष ०७३/७४ र आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म जिल्लामा वन्यजन्तुबाट कुनै पनि मानवीय क्षति नभएको तथ्यांकमा उल्लेख छ ।

कार्यालयका अनुसार आव ०६९/७० मा जिल्लामा एक लाख ६४ हजार पाँच सय रुपैयाँ पीडितहरूलाई राहात उपलब्ध गराईएको तथ्यांक छ । त्यसैगरी ०७०/७१मा एक लाख ३६ हजार चारसय ५१ रुपैयाँ, आव ०७१/७२ मा १७ हजार नौ सय ५० रुपैयाँ, ०७२/७३ मा २१ हजार सात सय ५५ रुपैयाँ र ०७३/७४ मा १० हजार रुपैयाँ राहत वितरण गरेको छ ।

यसैगरी, आर्थिक वर्ष ०७४/७५ मा एक लाख १० हजार, आव ०७५/७६ मा एक लाख ११ हजार ७० रुपैयाँ, आव ०७६/७७ मा एक लाख ४० हजार र आव ०७७/७८ मा तीन लाख एक हजार आठ सय रुपैयाँ राहात वितरण गरेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख पूर्णेश्वर सुवेदीले बताए । उनका अनुसार पछिल्लो १० वर्षमा जिल्लामा वन्यजन्तुको आक्रमणबाट एक सय ४१ पशुधन क्षति हुन पुगेको छ भने १५ जना मानवीय क्षति भएको तथ्यांकमा उल्लेख छ ।

पशुधन क्षतिअन्तर्गत एक सय ३० भेडा/बाख्रा, पाँच वटा गाई/गोरु र सात वटा राँगा/भैसी वन्यजन्तुको आक्रमणमा परेका छन् । डिभिजन वन कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–०६९ (तेश्रो संशोधन २०७५) को दफा ६ बमोजिम क्षतिको प्रकृति हेरी राहत समितिको सिफारिसको आधारमा राहात वितरण गरेको हो ।

कानुन बमोजिम डिभिजन वन कार्यालयले वन्यजन्तु पीडितहरूको राहातका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने र सोही सिफारिसको आधारमा पायक पर्ने संरक्षण क्षेत्रमार्फत राहत उपलब्ध गराउने प्रावधान छ । सोही अनुरुप लमजुङका वन्यजन्तु पीडितहरूलाई एक्यापमार्फत राहात रकम आएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु