2026-10-23 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

वन्यजन्तु पीडितले पाए १६ लाखभन्दा बढी राहात

असार २३, लमजुङ | पछिल्लाे १० वर्षमा लमजुङमा वन्यजन्तुबाट पीडित भएकाहरूले १६ लाखभन्दा बढी राहत रकम पाएका छन् । वन्यजन्तुको आक्रमणबाट मानवीय तथा पशुधनमा क्षति पुगेपछि डिभिजन वन कार्यालय लमजुङले सम्बन्धित व्यक्तिहरूलाई सो रकम राहत उपलब्ध गराएको हो ।

कार्यालयले आर्थिक वर्ष ०६९/७० देखि चालु आर्थिक वर्ष ०७८/७९ सम्मको अवधिमा १६ लाख चार सय २६ रुपैयाँ राहत रकम वितरण गरेको जनाएको हो ।

कार्यालयका अनुसार पछिल्लो १० वर्षको अवधिमा वन्यजन्तुका आक्रमणबाट पशुधन क्षति भएका पीडित परिवारलाई १२ लाख ९७ हजार तीन सय ७५ रुपैयाँ राहत वितरण गरेको छ भने मानवीय क्षतितर्फ तीन लाख तीन हजार ५१ रुपैयाँ राहात उपलब्ध गराएको छ । डिभिजन वन कार्यालय लमजुङको तथ्यांकअनुसार जिल्लामा आर्थिक वर्ष ०७१/७२ बाहेक सबै वर्षमा वन्यजन्तुले पशुधनमा क्षति पुर्‍याएको छ । त्यसैगरी आर्थिक वर्ष ०७३/७४ र आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म जिल्लामा वन्यजन्तुबाट कुनै पनि मानवीय क्षति नभएको तथ्यांकमा उल्लेख छ ।

कार्यालयका अनुसार आव ०६९/७० मा जिल्लामा एक लाख ६४ हजार पाँच सय रुपैयाँ पीडितहरूलाई राहात उपलब्ध गराईएको तथ्यांक छ । त्यसैगरी ०७०/७१मा एक लाख ३६ हजार चारसय ५१ रुपैयाँ, आव ०७१/७२ मा १७ हजार नौ सय ५० रुपैयाँ, ०७२/७३ मा २१ हजार सात सय ५५ रुपैयाँ र ०७३/७४ मा १० हजार रुपैयाँ राहत वितरण गरेको छ ।

यसैगरी, आर्थिक वर्ष ०७४/७५ मा एक लाख १० हजार, आव ०७५/७६ मा एक लाख ११ हजार ७० रुपैयाँ, आव ०७६/७७ मा एक लाख ४० हजार र आव ०७७/७८ मा तीन लाख एक हजार आठ सय रुपैयाँ राहात वितरण गरेको डिभिजन वन कार्यालय लमजुङका प्रमुख पूर्णेश्वर सुवेदीले बताए । उनका अनुसार पछिल्लो १० वर्षमा जिल्लामा वन्यजन्तुको आक्रमणबाट एक सय ४१ पशुधन क्षति हुन पुगेको छ भने १५ जना मानवीय क्षति भएको तथ्यांकमा उल्लेख छ ।

पशुधन क्षतिअन्तर्गत एक सय ३० भेडा/बाख्रा, पाँच वटा गाई/गोरु र सात वटा राँगा/भैसी वन्यजन्तुको आक्रमणमा परेका छन् । डिभिजन वन कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–०६९ (तेश्रो संशोधन २०७५) को दफा ६ बमोजिम क्षतिको प्रकृति हेरी राहत समितिको सिफारिसको आधारमा राहात वितरण गरेको हो ।

कानुन बमोजिम डिभिजन वन कार्यालयले वन्यजन्तु पीडितहरूको राहातका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने र सोही सिफारिसको आधारमा पायक पर्ने संरक्षण क्षेत्रमार्फत राहत उपलब्ध गराउने प्रावधान छ । सोही अनुरुप लमजुङका वन्यजन्तु पीडितहरूलाई एक्यापमार्फत राहात रकम आएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने