२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

विद्युत अभावले उदयपुर सिमेन्ट उद्योग २२ दिनदेखि बन्द

२०७९, ३० असार बिहीबार १३:०३

असार ३०, उदयपुर | वर्षातसँगै परेको चट्याङले नेपाल विद्युत प्राधिकरण लहान सबस्टेशनमा क्षति पुर्‍याउँदा गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजले २२ दिनदेखि बन्द छ । गत ९ असारमा परेको चट्याङले नेपाल प्राधिकरण लहान सबस्टेशन पूर्ण रुपमा क्षति पुर्‍याएयता कारखाना खुलेकाे छैन । 

उद्याेग बन्द हुँदा दैनिक ७२ लाख ३० हजार रुपैयाँ घाटा भइरहेकाे उद्याेगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए । उनले भने, 'विद्युत् आपूर्ति रोकिएपछि उद्योग बन्द छ । अहिलेसम्म १५ करोड ९० लाख ६० हजार रुपैयाँ उद्योगलाई घाटा भइसकेकाे छ ।'

उद्योग पूर्ण सञ्चालन गर्न ६ दशमलब ५ मेगावाट विद्युत् आवश्यक पर्छ । तर, अहिले प्राधिकरणले २ मेगावाट मात्रै उपलब्ध गराउँदै आएको छ । प्राधिकरणको लहान सबस्टेशनमा चट्याङले हानेपछि सिराहा, उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बूमा समेत विद्युत आपूर्तिमा समस्या भएको छ । प्राधिकरणकाे लहान सबस्टेशन पूर्ण रुपमा क्षतिग्रस्त भएपछी उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुमा अहिले सोलु कोरिडोरमा उत्पादन भएको बिजुली बितरण गरिएको छ । सिराहामा भने सप्तरी र धनुषाबाट बिद्युत आपूर्ति गरिँदैछ । 

प्राधिकरण गाईघाट बितरण केन्द्रका प्रमुख पंकज गोइतले गत ९ असारमा लाहान सबस्टेशनमा भएको ६३ एमभीएकाे ट्रान्सफर्मर क्षतिग्रस्त बनाएकाले समस्या भएको बताए । उनले भने, 'प्राधिकरण रातदिन नभनि मर्मतमा लागेको छ । मर्मत अन्तिम चराणमा पुगेकोले केहि दिनमा आपूर्ति हुनेछ । चट्याङले करोडौँकाे क्षति पुगेकाे छ ।' 

विद्युतकाे भोल्टेज कम भएकाले उद्योग बन्द हुन पुगेको हो । पूर्ण रूपमा मर्मत नभइ उद्योग सञ्चालनमा आउन सक्दैन । नेपाल विद्युत् प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटका प्रमुख गोइतले उद्योगलाई आवश्यक पर्ने विद्युत् उपलब्ध गराएको दाबी गर्दछ । उनले भने, ‘उद्योगलाई विद्युत् प्राधिकरणले आवश्यक पर्ने दैनिक २ मेगावाट दिइरहेका छौँ ।' 

उनले दुई मेगावाटमा सञ्चालन हुने उद्योग दैनिक ६ मेगावाट विद्युत् नपाएर घाटा भयो भन्नुभन्दा विद्युत् भोल्टेज सन्तुलन गर्ने उद्योगको क्यापिसिटर बैंक राख्न सुझाव दिए । उनले भने, 'समस्या उद्योगको क्यापिसिटर बैंकमा छ । हामीले क्यापिसिटर बैंकमर्मत गरेर उद्योग सञ्चालन गर्न अनुरोध गर्दै पत्र समेत पठाएका छौ ।' 

प्राधिकरणले आवश्यक विद्युत उपलब्ध गराएको बताईरहँदा घरेलु प्रयोजनका निम्ति जडान गरिएका मोटर, पंखा, फ्रिजसमेत सञ्चालन भएका छैनन् । कम भोल्टेजकै कारण गाईघाटस्थित दैनिक पत्रिका छपाइमा समेत समस्या आएकाे सिम्रिक दैनिकका कार्यकारी सम्पादक सुखिलाल चौधरीले बताए । 

विद्युत आपूर्ति सन्तुलन नहुँदा रेडियो सञ्चालन गर्न पनि कठिन भएको गाईघाटस्थित रेडियो त्रियुगाका स्टेशन म्यानेजर कौशल चेम्जोङ बताउँछन् । यता, नेपाल विद्युत प्राधिकरण गाईघाट वितरण केन्द्रका प्रमुख गोईत शुक्रवार साँझ सम्मका समस्याको समाधान हुने बताउँछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन