२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विकास कार्यक्रम र योजनाबारे खबरदारी गर्ने दलहरूको निर्णय

२०७९, २३ श्रावण सोमबार ०९:१२

साउन २३, महोत्तरी | बर्दिबास नगरपालिकामा बसेको सर्वदलीय बैठकले नगरभित्रका विविध सरोकारका विषयमा चासो देखाएकाे छ  ।

शिक्षा जस्तो क्षेत्रमा मनलाग्दी गर्दै पूर्वाग्राही ढंगले नगर शिक्षक हटाएको निष्कर्ष निकाल्दै उक्त बैठकले स्थानीय सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

नगरभित्र रहेका सामाजिक संघ-संस्थाहरूमा चरम मनोमानी रहेको र उद्योग वाणिज्य संघ, खानेपानी संस्थानहरूमा यथाशीघ्र नयाँ कार्यसमिति बनाउने विषयमा पनि सर्वदलीय निर्णय भएको छ ।


माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काको अध्यक्षतामा बसेको बैठकले उक्त संस्थाहरूमा नयाँ कार्यसमिति बनाउन इलाका प्रशासनलाई तत्काल ज्ञापनपत्र बुझाउने दलहरूले सहमति जनाएका छन् ।

उद्योग वाणिज्य संघ, खानेपानी जस्ता संस्थाहरूमा कार्यसमितिको ३ वर्ष अगाडि नै म्याद सकिए पनि विधान र नियमविपरीत मनोमानी भइरहेको तर्फ सबै दलहरुले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सर्वदलीय बैठकले नगरभित्र रहेको सामुदायिक पुस्तकालय संचालनको सम्बन्धमा  सरोकारवाला निकायसँग माग गर्ने निर्णय पनि गरेको छ ।

सर्वदलीय बैठकले नगरभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रका सम्बन्धमा चासो देखाए । धार्मिक पर्यटकलाई व्यवस्थित बनाउन विधान र योजना हुँदाहुँदै अस्तब्यस्त र जीर्ण अवस्थाका सम्बन्धमा नगर कार्यालयसँग माग गर्ने निर्णय भएको छ ।

बैठक संचालनका सम्बन्धमा पनि दलहरू बीच भद्र सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन